केसी र सुवेदी भन्छन् – हामी दक्षिण बागलुङको विकासका लागि अहोरात्र खट्नेछौं

आदर्श अनलाइन, बागलुङ
प्रतिनिधि सभा बागलुङ क्षेत्र नं. १ का पाँच दलिय गठबन्धनका साझा उम्मेदवार चित्रबहादुर केसी र प्रदेश सभा (२) उम्मेदवार डिल्लीराम सुवेदीको दक्षिण बागलुङका विकासका निम्ती आफुहरु अहोरात्र खट्ने बताएका छन । जैमिनी नगरपालिका–१० राङ्खानीमा भएको चुनावी कार्यक्रममा मतदाता सँग अन्तरसंवाद गर्दै केसी र सुवेदीले यस क्षेत्रको विकासका रणनितिक योजना सहित अगाडी बढ्को बताएका छन ।

प्रतिनिधि सभाका उम्म्ेदवार केसीले राजनितिमा बुढो र युवा भन्ने नहुने र सवैले गर्न सक्ने बताए । उनले प्रतिपक्ष दलका उम्मेदवारलाई कटाक्ष गर्दै हिजोको पाँच वर्षमा युवा भएर जितेकाले के गरे खै ? उनले नगरेको काम अब हामीले मिलेर गर्नेछौं । म सँग प्रदेशमा डिल्ली जी युवा हुनुहुन्छ । हामी दुई पुस्ता मिलेर गर्नेछौं । केसीले संविधानको रक्षा र प्रतिगमनको विरुद्धमा नै अहिलेको गठबन्धन भएको र यो अझै लामो समय सम्म रहने बताए ।

कार्यक्रममा प्रदेश सभा (२) का उम्मेदवार नेपाली काँग्रेसका युवा नेता डिल्लीराम सुवेदीले दक्षिण बागलुङको विकासका निम्ती गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए । उनले जनताको साथमा रहेर काम गर्ने वातावरण सिर्जना गर्नका निम्ती जनतालाई नै जिम्मेवारी रहेको हुँदा संघ र प्रदेश दुवैमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आम मतदातालाई आग्रह गरे । ‘हामी चुनाव जितेपछि अरु जस्तो फर्केरै नआउने हैन सुवेदीले, भने–‘यस क्षेत्रको तिर देखी शिर सम्म र भिर देखी फाँट सम्म पुग्ने छौं । यहाँको हरेक सम्भावनाको खोजी गरी विकास निर्माणमा लाग्नेछौं ।’

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा समानुपातीक उम्मेदवार चम्पादेवी खड्का, माओबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, काँग्रेसका पुर्व आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडेल, महाधिवेशन प्रतिनिधि एवं प्रतिनिधि सभाका समानुपातीक उम्मेदवार भिम श्रीष, नेकपा माओबादीका प्रदेश समानुपाति उम्मेदवार टिका विक र राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवार पियारी थापाले गठबन्धनको पक्षमा मतदान गर्न सवै जनतलाई आग्रह गरेका थिए । कार्यक्रम चुनाव प्रचार प्रसार समितिका संयोजक एवं नेपाली काँग्रेसका वडा सभापति चन्द्र श्रीषको अध्यक्षता, माओबादी केन्द्रका कुलचन्द्र शर्माको स्वागत र राष्ट्रिय जनमोर्चाका दानबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्