तेस्रो रस आवर भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि मानव सेवा आश्रमलाई

आदर्श अनलाइन, बागलुङ
बागलुङमा हालै सम्पन्न तेस्रो रस आवर भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि मानव सेवा आश्रमले प्राप्त गरेको छ । रस आवर फुटसल प्रा.लिको आयोजनामा शुरु भएको प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा मानव सेवा आश्रमले गुठी युथ क्लबलाई ६–१ गोलको अन्तरले उपाधि हात पारेको हो ।

प्रतियोगिताको फाइनल खेलमा मानव सेवा आश्रमले गुठी युथ क्लबलाई ६–१ गोलको अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले उत्कृष्ट प्रर्दशन गरेका थिए । दुवै टिमको आक्रमक प्रस्तुतीले दर्शकहरुको माहोल तताएको थियो ।

प्रतियोगिताको समापनमा बोल्दै प्रमुख अतिथि रस आवर फुटसल प्रा.लिका सञ्चालक भुपेन्द्र खड्काले खेल जीवनमा आवश्यकका साथसाथै स्वस्थ रहने उपाय रहेको बताउनुभयो । खड्काले भेट्रान खेलाडीले समाजमा र खेलमा उत्तिकै योगदान पु¥याउन आव्हान गर्नुभयो ।

कार्यक्रममा समाजसेवी राजेश पौडेल, रस आवर फुटसल प्रा.लिका प्रबन्धक सुदिप खड्का, उक्त प्रतियोगिताका निर्णायक राजेश जि.सी, रोशन पन्त, रञ्जन खत्री, रोहन खड्का लगायतले बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समापन कार्यक्रम रोहन जि.सीको सञ्चालन सम्पन्न भएको थियो । खेलमा ८ टिमको सहभागिता रहेको रस आवर फुटसल प्रा.लिका व्यवस्थापक रोशन खत्रीले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिता रस हावर फुटसल बागलुङ नगरपालिका – ३, गुठी, बागलुङको मैदानमा सम्पन्न भएको खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता टोलीले घोर्ले बोका, मेडल, ट्रफी र प्रमाण पत्र र उपविजेता टोलीले बोका, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको खत्रीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *