निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीलाई आदर्श सञ्चारद्वारा स्यानीटरी प्याड वितरण

आदर्श अनलाइन, बागलुङ

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बागलुङमा खटिएका महिला सुरक्षाकर्मीलाई स्यानीटरी प्याडको व्यवस्था गरिएको छ । महिला सुरक्षाकर्मीलाई निर्वाचनमा उच्च मनोवलका साथ खटाउन र स्वास्थ्य सजकता अपनाउनका लागि प्याड वितरण गरिएको हो ।

निर्वाचनमा खटिएमा महिला सुरक्षाकर्मीहरुलाई लक्षित गरी एक÷एक थान स्यानीटरी प्याड र प्रत्येक मदतान स्थलमा प्राथमिक उपचार बक्सको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङमा क्रियाशील आदर्श सञ्चार सहकारी संस्था र नर्वदा टेड्रसको सहयोग तथा जिल्ला प्रहरी कार्यालय बागलुङ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको संयोजनमा जिल्लामा निर्वाचनको सुरक्षामा खटिएका ६७ महिला प्रहरी र २६१ म्यादी महिला प्रहरीलाई एक÷एक थान स्यानीटरी प्याड वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई प्राथमिक उपचारका लागि आवश्यक औषधी र स्वास्थ्य सामाग्री समेत सहयोग गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहर िउपरिक्षक दयानिधी ज्ञवालीले जानकारी दिनुभयो । जिल्लाका सबै निर्वाचनमा खटिएका महिला सुरक्षाकर्मीका लागि ३०० थान स्यानीटरी प्याड वितरण गरिएको छ भने सबै मतदानस्थलमा प्राथमिक उपचार बक्सको व्यवस्था मिलाइएको प्रहरीको भनाई छ ।

महिलाहरु निर्वाचनमा दुर दराजमा खटिएको समयमा हुनसक्ने महिनावारीलाई लक्षित गरी आदर्श सञ्चार सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत स्यानीटरी प्याड वितरणमा प्रहरी कार्यालयसंग मिलेर सहकार्य गरेको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *