आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौं
अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने ठानिएको छ।

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहीबार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ।

हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको सम्भावना छ। पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *