मतदान केन्द्रमा क्यामरा र मोबाइल निषेध

आदर्श अनलाइन, काठमाडौं
४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा क्यामेरा र मोबाइल निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको हो ।

आयोगका अनुसार मतदान केन्द्रमा सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु लैजान पाइने छैन । मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा कारबाहीको चेतावनी दिइएको छ ।

मतदान केन्द्रभित्र क्यामरा वा मोबाइल लगेमा जफत गरिने भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *