बागलुङ नगरपालिकामा नेकपाको प्रशिक्षण अभियान शुरु

आदर्श अनलाइन,बागलुङ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बागलुङ नगर कमिटीले एक वार्ड, एक प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।

नगरपालिकाको बलेवा क्षेत्रबाट मंगलबारदेखि शुरु गरिएको प्रशिक्षण कार्यक्रमको नेकपा केन्द्रिय कमिटीका स्कुल बिभाग प्रमुख देवेन्द्र पौडेलले उद्घाटन गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा सहभागी बानपा १२,१३ र १४ का नेता कार्यकर्ता ।

प्रशिक्षणको पहिलो क्रममा नगरका १२,१३ र १४ वार्डका नेता कार्यकर्तालाई प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा संगठन निर्माण तथा परिचालनका बारेमा देबेन्द्र पौडेल, पार्टीको राजनैनिक कार्यदिशा र आगामी कार्यभारको बिषयमा गण्डकी प्रदेश कमिटीका सचिव गोबिन्द नेपाली, जनप्रतिनिधि र पार्टीको अन्तर सम्बन्धका बिषयमा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, दर्शन र मार्क्सवादी सिद्धान्तका बारेमा जिल्ला इन्चार्ज बलावति शर्मा, नेपाली जनक्रान्तिमा प्रदेश सदस्य श्रीप्रसाद शर्मा र विकास निर्माणमा पार्टीको भुमिकाको बिषयमा कृष्ण पाठकले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा सहभागी बानपा १२,१३ र १४ का नेता कार्यकर्ता ।

प्रशिक्षण कार्यक्रममा भाषण भन्दा पनि पार्टीका मुख्य सवाल र कार्यदिशाबारे नेता कार्यकर्तालाई जानकारी दिएर अन्र्तक्रियामुखी गराउने प्रयत्न गरिएको नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो । राष्ट्रिय राजनीतिमा पार्टी पहिलो र ठुलो भए पनि तल्लो तहमा बैचारिक स्तर खस्किदै गएकाले यसलाई ध्यानमा राखेर एक वार्ड, एक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको नगर कमिटीका अध्यक्ष परियारले बताउनुभयो ।

नगरका १४ वटै वडामा प्रशिक्षण सञ्चालन गरिने नगर कमिटी सचिव इन्द्र केसीले जानकारी दिनुभयो । नगर कमिटीले पहिलो चरणमा जनता सँग जनप्रतिनिधि अभियान सञ्चालन गरेको थियो ।

कार्यक्रम नेकपा नगर कमिटी अध्यक्ष धनबहादुर परियारको अध्यक्षता, बानपा १३ का पार्टी अध्यक्ष उमानाथ शर्माको स्वागत मन्तव्य र नगर सचिव इन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *