पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

आदर्श अनलाइन, काठमाडौं
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

आज प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

आइतबार प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुनसक्ने आकलन गरिएको छ।

महाशाखाले पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *