सर्कुवामा मतदान पुन सुचारु

आदर्श अनलाइन, बागलुङ

जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको मतदानकार्य पुन सुचारु भएको छ ।

बिहान ७ बजे शान्तीपूर्ण रूपमा मतदान सुरु भएको जनता माविमा दिउ“सो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्ण प्रसाद ढकालले बताउनुभयो । दिउँसो ४ बजेपछि पुन मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले बताउनुभयो ।

हस्ताक्षरविना मतदान भएको भन्ने हल्ला भएपछि एक समूह मतदानस्थलमा प्रवेश गरेपछि मतदानकार्य स्थगित भएको थियो । दुई घण्टाको अबरुद्ध भएपछि ढिलोगरि अहिले मतदान भइरहेको भट्टले बताउनुभयो । मत पत्र च्यातिएको विषयमा निर्देशिका अनुसार कार्वाही प्रकृया अगाडी बढ्ने भट्टले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *