बागलुङमा मत गणना सुरु

आदर्श अनलाइन, बागलुङ
बागलुङमा मतगणना सुरु भएको छ । उम्मेदवारले राख्ने प्रतिनिधि छनोटमा केही ढिलाइ हुँदा गणना ढिलो भएको हो । साझ सवा ४ बजेबाट गणना थालिएको छ ।

बागलुङ–२ मा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको बुर्तिबाङ कुत्थाप्लामा मत गणना सुरु भएको हो ।

प्रतिनिधिसभा, प्रदेशसभा १ र २ को प्रत्यक्ष तर्फको गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा पनि मत गणना सुरु भएको प्रमुख निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिनुभयो । क्षेत्र नम्बर १ को जिल्ला समन्वय समितिको कार्यालयमा मत गणना सुरु भएको हो ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा ५३.५६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको बागलुङमा प्रारम्भिक तथ्याङ्क अनुसार १ लाख २ हजार ९ सय ६३ मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ रिजालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *