बागलुङ १ :अध्यक्ष केसीको अग्रता कायमै, पछ्याउदै पाठक

आदर्श अनलाइन, बागलुङ
बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको अग्रता कायमै राख्नुभएको छ । सोमबार देखि थालिएको मतगणनामा सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलले अग्रता लिएपति त्यस लगत्तै नेकपा एमालेका उम्मेदवार डा. सुर्य पाठकले अग्रता लिनुभएको थियो ।

रातीदेखि बिहान ७ः०० बजे सम्म भइरहेको मत गणनामा बाम लोकतान्त्रिक गठबन्धका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहनुभएका चित्र बहादुर केसीको अग्रता कायमै रहेको छ । हाल सम्म ६ हजार ५६८ गर्दा केसीले दुई हजार ५१६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उहाँलाई पछ्याइरहनुभएका नेकपा (एमाले)का डा.सूर्यप्रसाद पाठकले दुई हजार १९३ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले एक हजार ४४४, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले १४६, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले ६ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले ६० मत प्राप्त गर्नुभएको छ । हालसम्म २०३ मत बदर भएको छ ।

यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा नेकपा एमालेका हिरा बहादुर केसीको अग्रता रहेको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिनुभयो । एमालेका हिरा केसीले तीन हजार ५३९ मत प्राप्त गरेर अग्रता कायम गर्दा गठबन्धका दिपेन्द्र बहादुर थापाले तीन हजार ७९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मागठबन्धका डिल्लीराम सुवेदीले सुरुवाती चरणबाटै अग्रता कायम गर्नुभएको छ । सुवेदीले चार हजार ९२ मत प्राप्त गर्दा एमालेका नवराज पौडेलले दुई हजार ८९४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *