बागलुङमा केसी र पौडेलको अग्रता कायमै

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा गठबन्धका उम्मेदवारले अग्रता कामय राखेका छन् । बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र २ मा देवेन्द्र पौडेलले एमालेका उम्मेदवारलाई पछि पार्दै निरन्तर अग्रता कायम राख्नु भएको हो । बागलुङ–१ मा केसीले दुई हजार ५१६ मत प्राप्त गर्नु भएको छ भने एमालेका डा. सूर्य पाठकलले दुई हजार १९३ मत ल्यानु भएको छ ।

बागलुङ–२ मा माओवादी केन्द्रका देवेन्द्र पौडेलले चार हजार १३५ मत ल्याउँदा एमालेकी मञ्जु शर्मा चालिसेले तीन हजार ५२७ मत पाउनु भएको छ । बागलुङ–१ (१) मा कांग्रेसका दीपेन्द्रबहादुर थापा झिनो मतले पछाडी पनु भएको छ । थापाले तीन हजार ७९ मत पाउँदा एमालेका हिरा केसीले तीन हजार ५३९ मत पाउनु भएको छ ।

क्षेत्र नम्बर १ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी भारी मतान्तरले अग्रता लिनु भएको छ । सुवेदीले चार हजार ९२ ल्याउँदा एमालेका नवराज पौडेलले दुई हजार ८९४ मत पाउनु भएको छ । बागलुङ–२ (१) मा कांग्रेसका जितबहादुर शेरचनले अग्रता लिनु भएको छ । शेरचनले पाँच हजार ४९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरले चार हजार ९१२ मत ल्याउनु भएको छ ।

क्षेत्र नम्बर २ (२) मा कांग्रेसका दोर्णकुमार कुँवर भारी मतले अग्रता लिनु भएको छ । कुँवरले पाँच हजार ९२३ मत प्राप्त गर्दा एमालेका लक्ष्मण पुनले चार हजार ३२३ मत पाउनु भएको छ । जिल्लाको दुई वटै क्षेत्रमा सोमबार साँझदेखि मत गणना सुरु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *