बागलुङ–२ (२) मा कांग्रेसका दोर्ण कुँवर विजयी

डम्मर बुढा मगर, बागलुङ
बागलुङ–२ (२) मा नेपाली कांग्रेसका दोर्ण कुमार कुँवर विजयी हुनु भएको छ । कुँवरले एमालेका लक्ष्मण पुनलाई तीन हजार ३३७ मतान्तरले पराजित गर्नु भएको हो । कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले आठ हजार ६७१ मत प्राप्त गर्नु भएको छ ।

नेपाल दलित पार्टीका टेक प्रसाद कामीले २७७, मंगोल नेशनसल अर्गनाइजेशनका तारा बहादुर घर्ती मगरले २३७, जनता समाजवादी पार्टीका गंगाबहादुर घर्तीले ४४, स्वतन्त्र नरबहादुर गुरुङले ३४१ र दुर्गादेवी घर्ती मगरले ६ मत प्राप्त गर्नु भएको छ ।

निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्ने यस क्षेत्रमा ४१ हजार २२७ मतदाता रहेकोमा २३ हजार ३३८ मत खसेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *