बागलुङका चारवटै प्रदेश क्षेत्रमा एमाले क्लिन स्वीप

डम्मर बुढा मगर
बागलुङ

बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेले यस पटक एमालेलाई क्लिन स्वीप गरेको छ ।

बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई १४७९ मतान्तरले पराजित गर्नु भएको छ । थापाले १३ हजार ८८४ मत ल्याउनु भएको छ भने केसीले १२ हजार ४०५ मत ल्याउनु भएको छ ।

बागलुङ १ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी हुनु भएको छ । सुवेदीले एमालेका नवराज पौडेललाई ६ हजार ७५ मतान्तरले पराजित गर्नु भएको छ । सुवेदीले १३ हजार ३२७ ल्याउँदा पौडेलले सात हजार २५२ मत ल्याउनु भएको छ । पौडेल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गर्नु भएको थियो । उहाँ कांग्रेस बागलुङको निवर्तमान सचिवसमेत हुनुहुन्थ्यो ।

बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी हुनु भएको छ । शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई तीन हजार १०० मतान्तरले पराजित गर्नु भएको हो । शेरचनले १५ हजार १०८ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गर्नुभयो । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बन्नु भएको थियो ।

बागलुङ–२ (२) मा कांग्रेसकै दोर्ण कुमार कुँवर विजयी हुनु भएको छ । कुँवरले एमालेका लक्ष्मण पुनलाई ३७३७ मतान्तरले पराजित गर्नु भएको हो । कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले आठ हजार ६७१ मत ल्याउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *