बागलुङ सेवा समाज कतारको ११ औं अधिवेशनको तयारी तिब्र

सन्तोष क्षत्री, दोहा कतार

बागलुङ सेवा समाज कतारले विविध कार्यक्रम सहित गर्न लागेको ११ औं अधिवेशनको तयारी तीब्र बनाएको छ ।

कतारको सहानिया स्थित अलदोसरी पार्कमा यही जनवरीको २४ तारिखमा गर्न लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

बागलुङबासीको चाहना,स्वदेशमा शान्तिको कामना भन्ने मुल नाराका साथ सन् २००५ मा स्थापना गरिएको संस्था सामाजिक सेवामा सक्रिय रहेको छ ।

संस्थाले आफनो ११ औं अधिवेशन नेपाली मौलिक पञ्चेबाजा सहित गर्न लागेको भन्दै अध्यक्ष सागर पौडेलले सबैलाई सहभागीताको लागि आग्रह गर्नुभयो । साथै अध्यक्ष पौडेलले संस्थाको साधारण तथा आजीवन सदस्यता खुल्ला गरेको भन्दै बागलुङ घर भै कतार कर्मभुमी बनाएका सबैलाई सदस्यता लिन आव्हान गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *