निर्वाचित सांसदले बुझे विजयी भएको प्रमाणपत्र

आदर्श अनलाइन बागलुङ

बागलुङ क्षेत्र नम्बर १ अन्र्तगत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विजयी उम्मेदवारहरुलाई मुख्य निर्वाचनको कार्यालय बागलुङले प्रमाणपत्र प्रदान गरेको छ ।

विजयी उम्मेदवारहरुको औपचारिक घोषणापछि मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले बागलुङ क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य चित्र बहादुर केसी, सोही क्षेत्रका प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापा र डिल्लीराम सुवेदीलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रमाणपत्र ग्रहण पछि बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य चित्र बहादुर केसीले निर्वाचन सम्पन्न हुँदैमा लोकतन्त्र स्थिर नहुने बताएका छन् ।

निर्वाचन सकिएपनि स्पष्ट बहुमत कुनैपनि राजनीतिक दलले प्राप्त गर्न नसकेको भन्दै केसीले स्थिर सरकार बन्ने वातावरण आफुले नदेखेको भन्दै लोकतन्त्र थप खतरामा पर्ने बताए ।

यस्तै प्रदेश सांसद दिपेन्द्र थापाले मतदातालाई धन्यवाद दिदै प्रदेश सरकारमा बागलुङको विकास र समस्या समधानको लागि आवाज उठाउने बताए ।

नवनिर्वाचित प्रदेश सांसद डिल्लीराम सुवेदीले जनताको विश्वास कम हुन नदिने भन्दै जिम्मेवारी पुर्वक नागरिकको सेवामा लाग्ने बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *