एमाले पोलिटव्युरो सदस्य के.सीले दिइन् मतदातालाई धन्यवाद


रोहन जि.सी बागलुङ
नेकपा एमाले केन्द्रिय पोलिटव्युरो सदस्य, गण्डकी प्रदेश सहइन्चार्ज तथा नेकपा एमाले बागलुङ जिल्ला निर्वाचन परिचालन कमिटिको विशेष निर्देशक समितिको संयोजक मनकुमारी के.सी जि.सीले बागलुङबासी सम्पुर्ण मतदाताहरुलाई धन्यवाद व्यक्त गर्नुुभएको छ ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेको सुर्य चिन्हमा मतदान गर्न प्रत्यक्ष/परोक्ष रुपमा गर्ने सम्पुर्ण मतदाताहरुलाई एक विज्ञप्ती मार्फत धन्यवाद ज्ञापन गर्नुभएको हो । उहाँले मुलुकमा आर्थिक, राजनीतिक, सामाजिक अराजकता, बाह्य हस्तक्षेपबाट जोगाउने स्वाभिमानका खातिर सधै दृढताका साथ उभिने पार्टी नेकपा एमालेलाई विश्वासका साथ मतदान गर्ने सम्पुर्ण मतदाताको विश्वासलाई कायम राख्ने प्रतिवद्धता रहेको पत्रमा उल्लेख गर्नुभएको छ ।
प्रकाशित धन्यवाद पत्र यस प्रकारको रहेको छ ।
हार्दिक धन्यवाद
आदरणीय बागलुङ बासी आमाबुवा दाजुभाइ तथा दिदी बहिनिहरु हार्दिक अभिबादन ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेको सुर्य चिन्हमा अमुल्य मतदान गर्नुहुने र सबै सहयोगि पक्षलाई हार्दिक धन्यवाद दिन चाहन्छु । नेकपा एमालेको देशभरको प्रत्यक्ष र समानुपातिक मतको बिश्लेषण गर्दा निराश हुनु पर्ने अबस्था छैन । थोरै मतले पराजित हुन पुगिएको समयमा थप सकारात्मक ढंगले जिम्मेवार बोधका अनुसार लाग्ने प्रण गर्नु पर्दछ । नेकपा एमालेको “सुखि नेपाली समृद्ध नेपालको “राष्ट्रिय संकल्प पूरा गर्न हाम्रा हरेक कृयाकलाप जनमुखि र बिश्वास योग्य छन भन्ने पुष्टि भएको देखिन्छ । आबधिक निर्बाचन लोकतन्त्रको बलियो आधार हो ।

संविधानको रक्षा , कानुनी शासन व्यवस्थालाई बलियो र बनाउने आधार नै निर्वाचन हो । संविधान र लोकतन्त्रको रक्षाका लागि निर्वाचन सर्वमान्य मान्यता हो ।नेकपा एमाले लोकतन्त्रमा बिस्वास गर्ने पार्टि शान्ति पुर्ण रुपमा निर्बाचनलाई स्पच्छ मर्यादित बनाउन सबै सकृयताका साथ लागिएको सर्बबिदितै छ । हाम्रो पार्टीको जनमतको लहरलाई संरक्षण गर्न अझै शसक्त योजना बद्व लाग्न महत्त्वपूर्ण थप सुझाव सल्लाह पनि आत्मसात गरिएको छ । निर्वाचन क्रममा केही ठाउमा अझै पनि निर्भिक रुपमा मतदान गर्न नपाएका खबर सामाजिक संजाल मार्फत पनि बाहिर आए यो बिडम्बना हो । लोकतन्त्र प्रतिको दृष्टिकोण स्पष्ट हुनुपर्छ । मानबअधिकारको पुर्ण उपयोग गर्न सक्ने समाजको स्थापना गर्नु सबै संघिय लोकतान्रिक पदृतिमा बिश्वास राख्ने चेतनालाई फराकिलो बनाउनु पर्दछ ।

चुनाबमा पुराईएका विधि र प्रकृयालाई हामी स्विकार गरेपछि हाम्रो बिश्वास माथि गरिएका प्रहारहरुलाई मुल्यांकन गरि आगामि दिनमा थप व्यवस्थित बनाउन लाग्ने नै छौ। जनतालाई भयरहित बनाउन मतदातामा निर्वाचन प्रतिको उत्साह जगाउन जनताको सेवामा समर्पित हुनै पर्छ तसर्थ हाम्रा गतिविधिहरुले निरन्तरता लिईरहने नै छ । जनताको शान्ति र संरक्षको हिसाबले जिम्मेवार पार्टीको हिसाबले सोचिरहेका छौ । जनताले गरेको फैसलालाइ स्विकार गर्दछौ । नेकपा एमाले एक्लै निर्बाचमा उभिएको कुरा सर्वबिदितै छ । बाग्लुङ्म पनि नेकपा एमाले उच्च राजनीति संस्कार सहित हिम्मतका साथ एक्लै निर्बाचनको मैदानमा उभिएर पनि थोरै मतले पराजित हुन पुग्यौ । निर्वाचन अबसरमा शुरुदेखि हाम्रा पार्टिका सबै जिम्मेवार नेता ,कार्यकर्ता संचारकर्मि सबै क्षत्रका सुभेच्छुक शुभचिन्तक अहोरात्र खटनु भयो ।

सबै प्रति उच्च सम्मान गर्दे हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । जनताको अपार माया र बिश्वासका साथ मत अभिबृदि भएको यस अबसरमा उच्च मनोबलका साथ अझै जनताको पिर मर्कामा बिकास र समृद्धि ल्याउनमा अगाडि बढ्न प्रेरणा मिलोस भन्ने सुभेच्छा ब्यक्त गर्दछु । यस निर्बाचनमा नेता कार्यकर्ता एमाले जिल्लाका जनताको घरदैलोमा पुग्दा जनताले दिएको अपार माया र सल्लाह लाई आत्मसाथ गरिरहेका छौ । नेकपा एमाले जनताको बलियो र भरोसा योग्य पार्टि हो । यो सबैको साझा प्रयासको सम्पत्ति हो ।हामि सबै एमाले परिवारका लागी थप मार्गनिर्देशन पनि हो । हाम्रा उमेदवार कमरेडहरु आफैमा देश र जनताको साचो नेताको रुपमा रहनु भयो । जनताले माया र सद्भाव साथ हेर्नू भएको जोश जागरका साथ चुनाबमा प्रतिस्पर्धामा रहनु भयो । प्रतिनिधि सभा १ कमरेड डा सुर्य पाठक कमरेड हिरा केसी,कमरेड नबराज शर्मा प्रतिनिधि सभा २ मा कमरेड मन्जु चालिसे कमरेड लक्षमण पुन, पार्टिको नीति विधि र िनर्देशनमा रहि अनुशासन पालना गर्दे निर्वाचनमा दर्हाे गरि उच्च मनोबलका साथ अगाडि बढ्नु भयो ।

हार्दिक धन्यवाद ज्ञापन गर्दछु । हामिले समर्थन गरेका स्वतन्त्रको उम्मेद्वार कमरेड प्रकाश घर्तिसंगको सहकार्य र समर्थनले आगामि दिनमा पार्टिमा थप साथ सहयोग र सम्बन्ध मजबुद बन्दै जाने छ । समृद्ध नेपाल सुखि नेपाली हाम्रो सकंल्प हो । समुन्नत र समृद्ध राष्ट्र निर्माणको आधार नै एमाले हो । सफल नेर्तित्वले मात्रै देशलाई बिकसित र अनुसासित खुशि र सुखि जनता बनाउन सक्दछ । मुलुकमा आर्थिक ,राजनीतिक,सामाजिक अराजकता, बाह्यय बाट जोगाउने स्वाभिमानका खातिर सधै दृढताका साथ उभिने पार्टी नेकपा एमाले हो । नेकपा एमाले आत्मबिश्वासका साथ जनताको सेवामा लाग्छ लागिरहन्छ जनताका सबै समस्या र समाधानप्रति हाम्रो ईमानदारिता डक्दैन । त्यसैले सबै उच्च मनोबलका साथ लागौ । सबै सबै प्रति कृतज्ञता व्यक्त गर्दे हार्दिक धन्यवाद दिन चाहन्छु ।

संयोजक मन कुमारी जि.सी के.सी नेकपा एमाले पोलिटव्युरो सदस्य सह– ईन्चार्ज गण्डकी प्रदेश, विशेष निर्देशक समिति बागलुङ, जिल्ला निर्बाचन परिचालन कमिटी नेकपा एमाले बाग्लुङ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *