स्याङ्जा २ मा अर्यालसँग धनराजको मतान्तर अझ फराकिलो

आदर्श अनलाइन, स्याङ्जा
सत्ता गठबन्धनबाट स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाउनु भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसका उम्मेदवार गुरुङले निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई चार हजार ६ सय ३१ मतले पछाडि पार्नुभएको छ ।

पछिल्लो मतगणनाअनुसार गुरुङले २८ हजार ४२६ मत प्राप्त गर्दा अर्यालले २२ हजार ६५४ मत ल्याउनु भएको छ। अर्याल र गुरङ बीचकाे मतान्तर भन्दा पाँच हजार ७७२ रहेकाे छ ।

स्याङ्जा २ (ख) पनि कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाउनु भएको छ। भट्टराईले १६ हजार १०९ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १३ हजार ९४ मत ल्याउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *