राष्ट्रिय उपभोक्ता मञ्च बागलुङको अध्यक्षमा पुनःश्रेष्ठ

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय उपभोक्ता मञ्च बागलुङको अध्यक्षमा पुनःशैलेन्द्र कुमार श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार सम्पन्न ७ औं अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यस्तै संस्थाको उपाध्यक्षमा गोविन्द गौतम, सचिवमा मनमाया श्रेष्ठ, कोषाध्यक्षमा युक्तजंग राजभण्डारी,सह–सचिवमा धनकुमारी गौचन चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा जयलाल सापकोटा, भिमसेन थापा,मञ्जु क्षेत्री,भक्तबहादुर बिश्वकर्मा,राम बहादुर केसी, ताराकान्त आचार्य र हरि प्रसाद सापकोटा रहनुभएको छ । मञ्चले उपभोक्ताको हकहितमा काम गर्दै आएको छ । चर्काे मुल्य लिने, कम गुणस्तरीय खाद्य पदार्थको अनुगमन गर्दै उपभोक्ता सचेतनामा पनि संस्थाले लामो समयदेखि काम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *