धनराजलाई बधाई दिदै पद्माले भनिन : ‘आगामी दिनमा बुथकब्जा जस्तो दुश्कर्ममा नलाग्नुहोस्’

आदर्श अनलाइन, बागलुङ

प्रतिनिधि सभानिर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ बाट पराजित एमाले उमेदवार तथा पार्टीका केन्द्रीय सचिव पद्मा अर्यालले विजयी कांग्रेस उपसभापति धनराज गुरुङलाई वधाई दिएकी छिन् ।

बधाईसंगै अर्यालले गुरुङलाई स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्न नसकेको भन्दै आगामी दिनमा युवाहरुलाई बुथकब्जा जस्तो दुष्कर्ममा नलगाउन सुझाव दिएकी छिन् ।

मतगणनाको परिणाम आइसकेपछि आइतवार बिहान सामाजिक सञ्जाल मार्फत विजयी गुरुङलाई वधाई तथा शुभकामना दिदै अर्यालले भनेकी छिन्, लोकतन्त्र र बुथ कब्जा आपसमा मेल नखाने विषय हुन् ।

जनताको मतबाट पराजित हुन तयार छौ, त्यसलाई सहज रुपमा स्वीकार गर्छौ, तर कब्जा गरेर खसालिएको मतलाई हामी स्वीकार गर्दैनौ भन्दै अर्यालले धनराज गुरुङ र राज्यबाट यो विषयमा सुनुवाई नभएको गुनासो गरेकी छिन् ।

आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता तपाईबाट अपहरित नहोस्, युवाहरुको जोश जांगरलाई उत्पादनशिल एवम् सिर्जनशिल कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पु¥याउन सक्नुहोस्, न कि निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनीहरुलाई दुरुपयोग गरी प्रतिस्पर्धी माथि हमला गर्न लगाउदै आंतक सिर्जना गरी बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न नलगाउनुहोस् ।

स्याङजा क्षेत्र नं. २ मा केही मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै एमालेले पुनमतदान गराउन माग गर्दै आन्दोलित भएको थियो । निर्वाचन आयोगले एमालेको माग विपरित मतगणना गर्ने निर्णय गरेपछि भएको मतगणनामा पनि कब्जा भएका भनिएका क्षेत्रमा कब्जालाई प्रमाणित गर्ने खालको मत परिमाण आएको थियो । एमाले उमेदवार पद्मा अर्यालले आफ्नो सामाजिक सञ्जालमा लेखेको सन्देश यस्तो छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *