बरेङमा आदर्श सञ्चारको १६ औं साधारणसभा, ग्रामीण क्षेत्रमा पूँजी परिचालनको भरपर्दो माध्यम सहकारी हो : अध्यक्ष शर्मा


आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं वार्षिक साधारणसभा एकाइगत रुपमा बागलुङको बरेङ गाउँपालिकामा बुधबार सम्पन्न भएको छ । मंगलवार काठेखोला गाउँपालिकाको रेशबाट शुरु भएको साधारणसभा एकाइगत रुपमा सञ्चालन भइरहेको छ

६ वटा एकाईमा सञ्चालन हुने साधारणसभाको दोस्रो कार्यक्रम बरेङ गाउँपालिका वडा नं. २ घट्टमा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि शर्माले पूँजि परिचालनका लागि सहकारी भरपर्दौ माध्यम रहेकोले घरमा भएको रकम सहकारीमा जम्मा गरेर फाइदा उठाउन शेयर सदस्यहरुलाइ आग्रह गर्नुभयो ।

उहाँले सञ्चार कर्म गर्ने सहकारीहरु प्रभावकारी नदेखिएको सन्दर्भमा आदर्श सञ्चार सहकारी आर्थिक रुपमा र सञ्चार क्षेत्र दुबैमा अब्बल सावित भएको बताउनुभयो । ‘सहकारी मार्फत सञ्चार कार्य निकै चुनौतीपूर्ण छ, तर आदर्श सञ्चार सहकारीको मेहनतका कारण गाउँ–गाउँमा शाखा विस्तार र प्रभावकारी मिडियाहरु सञ्चालन गर्नु उदारणीय छ’ अध्यक्ष शर्माले भन्नुभयो ‘नगदलाई परिचालन नगरी घरमै राख्दा त्यसले नाफा कमाउन सक्दैन, त्यस्लाई सहकारी मार्फत परिचालन गर्दा सदस्यको हित हुन्छ, सहकारी मार्फत कारोबार गर्दा न्यून पूँजीभएकालाई बढी फाइदा पुग्छ ।’

थोरै पुँजी परिचालनका कारण धेरै फाइदा गर्ने माध्यम भनेको सहकारी भएको भन्दै अध्यक्ष शर्माले सहकारी मार्फत आर्थिक कारोवार गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले गाउँमा आर्थिक समृद्धिका लागि सहकारीको भूमिका अतुलनीय रहने बताउनुभयो ।

No description available.

साधारणसभामा बरेङ गाउँपालिका–३ का वडा अध्यक्ष शेर बहादुर खनाल, संस्थाका सल्लाहकार रुद्र बहादुर महत, अभियान कृषि सहकारी बरेङ सेवा केन्द्रका सचिव धनिश्वर पौडेल, सहकारीका बरेङ गाउँपालिकामा सञ्चालित बरेङ सेवा केन्द्रका संयोजक जयराम शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

बरेङ गाउँपालिका सेवा केन्द्र अन्तरगतका शेयर सदस्यहरुको सहभागिता रहेको साधारणसभामा सहकारीमा सदस्यको भूमिका, आयआर्जन र वचतका लागि सहकारी र सदस्यबीचको सम्बन्ध, वित्तीय साक्षरता लगायतका विषयमा सहजीकरण समेत गरिएको थियो ।

संस्थाको गत आर्थिक वर्षको समिक्षा, चालु आर्थिक वर्ष र १० वर्षे रणनीतिक योजना अन्तरगत बनेका योजना र कार्यक्रमहरुको बारेमा सदस्यहरुबीच छलफल भएको थियो । सदस्यहरुको सक्रियतामा मात्रै सहकारी संस्था प्रभावकारी रुपमा सञ्चालन हुने भएकाले सदस्य वृद्धि गर्दै सहकारी मार्पत आर्थिक कारोवार गर्नुपर्ने सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाको समग्र अवस्था, सहकारीमा सदस्यको भूमिका र सहकारीलाई सफल बनाउन सदस्यले गर्नु पर्ने कार्यहरुका बारेमा संस्थाका सम्पादक राम बहादुर जिसीले सहजीकरण गर्नु भएको थियो ।

No description available.

कार्यक्रममा संस्थामा उत्कृष्ट कर्जा कारोवार गर्ने श्याम बहादुर क्षेत्री, उत्कृष्ट जोडीका रुपमा कारोबार गर्ने कमल शर्मा र रुपा शर्मा, शेयर वृद्धि तर्फ उत्कृष्ट कर्मचारीको रुपमा सुवाश शर्मालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत र प्रवन्धक दिपकराज सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाको दोस्रो सेवा केन्द्र बरेङ गाउँपालिकामा गत असोज १५ गतेदेखि औपचारिक रुपमा शुरु भएको छ । बरेङ गाउँपालिका भित्रका करिव ३ सय जना शेयर सदस्यका बीच संस्थाले कारोबार गर्दै आएको छ । आगामी असार मसान्तसम्म बरेङ गाउँपालिका ६ सय जना शेयर सदस्य पु¥याउने लक्ष्य रहेको बरेङ सेवा केन्द्रका संयोजक जयराम शर्माले बताउनुभयो ।

No description available.

आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारको क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक र ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै १० वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

No description available.

संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । आगामी असार मसान्तसम्म ५ हजार जना भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पूँजि, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी सहित कुल सम्पत्ती ५६ करोड पु¥याउने लक्ष्य रहेको साधारणसभा जानकारी दिइएको थियो ।

No description available.

संस्थाले लिएको लक्ष्य पुरा गर्नका लागि प्रत्येक शेयर सदस्यले प्रत्येक वर्ष २ जना शेयर थप (इच वन, क्याच टु) अभियान सञ्चालन गरिएको छ । आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारसंगै धौलागिरी क्षेत्रमा सहकारीताको विकासमा महत्वपूर्ण योगदान गरेको छ । सहकारीका सकारात्मक विषयहरुलाई आम समुदायमा पु¥याउनुका साथै सहकारीमा सुधार गर्नु पर्ने विषयमा सचेत बनाउदै आएको छ ।

सहकारीमार्फत समुदायमा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि संस्थाले स्थापनाकाल देखि नै सकारात्मक र सन्देशमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थाले विद्यालयमा सहकारी शिक्षा, दुव्र्यवसन विरुद्ध आमाहरु अभियान, महिलाहरुले महिनाबारीमा प्रयोग गर्ने प्याड घरमै बनाउने तालिम, महिला शसक्तिकरण, युवा र विद्यार्थीका लागि वित्तीय साक्षरता, पर्यटन प्रवद्र्धनमा सञ्चार सहकारीको भूमिका, स्वास्थ्य शिक्षा र उपचार लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस आर्थिक वर्षदेखि सहकारी नमुना गाउँ, वातावरण संरक्षण, सहकारी पुस्तकालय, विपन्नका लागि छात्रवृति लगायतका कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिनुभयो ।

No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *