बिश्व होचा किर्तिमानी बागलुङका खगेन्द्रको २७ बर्षमा निधन

आदर्श अनलाइन, बागलुङ

बागलुङमा जन्मिएर केही समय होचा व्यक्तिको विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना भएका थापा मगरको शुक्रबार दिउँसो ३ बजे निधन भएको हो । थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।

५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल हुनुभएको थियो ।बाग्लुङ धुल्लुवासकोट-६ का खगेन्द्र थापामगरलाई २०४९ साल असोज १८ गते जन्मिँदा छ सय ग्राम मात्र थियो भने अहिलेको तौल ५ दशमलव ५ किलोग्राम मात्र रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *