आदर्शको सञ्चारको १६ औँ साधारण सभा, आज बानपा १ र २ मा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १६ औं वार्षिक साधारण सभा एकाइगत रुपमा बागलुङ नगरपालिका–१ र २ मा शुक्रबार सम्पन्न भएको छ । मंगलवार काठेखोला गाउँपालिका–७ रेशबाट शुरु भएको साधारणसभा एकाइगत रुपमा सञ्चालन भइरहेको छ ।

No description available.

६ वटा एकाईमा सञ्चालन हुने साधारणसभाको तेस्रो कार्यक्रम बागलुङ बजारमा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गर्दे बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सहरकारी रोजगारी सिर्जाना गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहकारी हुने खानेको मात्रै नभई हुँदा खाँदाको बन्नु पर्ने बताउनुभयो ।

No description available.

उपप्रमुख खड्काले पूँजी परिचालनका लागि सहकारी भरपर्दो माध्यम रहेको भन्दै पछिल्लो समय सहकारी क्षेत्रमा विकृतिसमेत भित्रिदै गएको बताउनुभयो । सहकारीले नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको र अब उत्पादनसँग पनि जोडिनु पर्ने खड्काको भनाई छ ।

No description available.

कार्यक्रममा संस्थाका सल्लाहकार मनकुमारी केसी, समाजसेवी देवबहादुर श्रेष्ठ लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको समग्र अवस्था, सहकारीमा सदस्यको भूमिका र सहकारीलाई सफल बनाउन सदस्यले गर्नु पर्ने कार्यहरुका बारेमा सहजीकरण गर्नु भएको थियो भने सचिव ललिता थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।

No description available.

कार्यक्रममा सर्वोत्कृष्ट बचतकर्ता शंकर पाण्डे, उत्कृष्ट बचतकर्ता दयाराम पौडेल, सूर्यप्रसाद चापागाई र शशिधर भट्टराई सम्मानित हुनु भएको थियो । त्यस्तै उत्कृष्ट दीर्घकालीन बचतकर्ता तर्फ सरस्वती हरिजन, दिव्यान सापकोटा, उत्कृष्ट कर्जा तर्फ सुजन बस्याल र उत्कृष्ट जोडी तर्फ दयाराम पौडेल/शोभा शर्मालाई सम्मान गरिएको थियो ।

No description available.

सो अवसरमा जेष्ठ सदस्यलाई पेन्सनसमेत वितरण गरिएको थियो । जेष्ठ नागरिक देवबहादुर श्रेष्ठ, कुलबहादुर राना, अर्जुनप्रसाद श्रेष्ठ, महेशचन्द्र प्रधान, गाे कुमारी कार्की क्षेत्री र भीमबहादुर थापालाई पेन्सन वितरण गरिएको थियो । उत्कृष्ट कर्मचारी तर्फ संस्थाका प्रबन्धक दिपकराज सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो । संस्थाका शेयर सदस्य तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र बानपा–१ का वडा सदस्य कृष्णबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।

No description available.

कार्यक्रमका अवसरमा संस्थाले अपाङ्गता भएका शेयर सदस्यलाई पनि अपाङ्गता भत्ता दिएको छ । बानपा–१ की सपना केसीलाई अपाङ्गता भत्ता दिईएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षता, उपाध्यक्ष अनन्त बहादुर खड्काको स्वागत र सहसचिव सरस्वती खड्का परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

No description available.

आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारको क्षेत्रमा विगत १६ वर्षदेखि धौलागिरी जागरण दैनिक, ९ वर्षदेखि अग्रसर साप्ताहिक र ४ वर्षदेखि आदर्शसञ्चार अनलाईन सञ्चालन गर्नुका साथै १० वर्षदेखि धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आइरहेको छ ।

No description available.

संस्थामा हाल ३ हजार ३ सय जना शेयर सदस्य ५ करोड ५५ लाख शेयर रकम, ३० करोड वचत, ३८ करोड कर्जा लगानी सहित ४५ करोड कुल सम्पत्ती रहेको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । आगामी असार मसान्तसम्म ५ हजार जना भन्दा बढी शेयर सदस्य, ८ करोड शेयर पूँजी, ४६ करोड वचत, ५१ करोड कर्जा लगानी सहित कुल सम्पत्ती ५६ करोड पु¥याउने लक्ष्य रहेको साधारणसभा जानकारी दिइएको थियो ।

No description available.

संस्थाले लिएको लक्ष्य पुरा गर्नका लागि प्रत्येक शेयर सदस्यले प्रत्येक वर्ष २ जना शेयर थप (इच वन, क्याच टु) अभियान सञ्चालन गरिएको छ । आदर्श सञ्चार सहकारी संस्थाले सूचना र सञ्चारसंगै धौलागिरी क्षेत्रमा सहकारीताको विकासमा महत्वपूर्ण योगदान गरेको छ । सहकारीका सकारात्मक विषयहरुलाई आम समुदायमा पु¥याउनुका साथै सहकारीमा सुधार गर्नु पर्ने विषयमा सचेत बनाउदै आएको छ ।

No description available.

सहकारीमार्फत समुदायमा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि संस्थाले स्थापनाकाल देखि नै सकारात्मक र सन्देशमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थाले विद्यालयमा सहकारी शिक्षा, दुव्र्यवसन विरुद्ध आमाहरु अभियान, महिलाहरुले महिनाबारीमा प्रयोग गर्ने प्याड घरमै बनाउने तालिम, महिला शसक्तिकरण, युवा र विद्यार्थीका लागि वित्तीय साक्षरता, पर्यटन प्रवद्र्धनमा सञ्चार सहकारीको भूमिका, स्वास्थ्य शिक्षा र उपचार लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

No description available.

यस आर्थिक वर्षदेखि सहकारी नमुना गाउँ, वातावरण संरक्षण, सहकारी पुस्तकालय, विपन्नका लागि छात्रवृति लगायतका कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरिएको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिनुभयो ।

No description available.
No description available.

No description available.
No description available.
No description available.No description available.No description available.No description available.No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *