मित्रता बहुउद्देयीय सहकारीको प्रथम साधारण सभा

आदर्श अनलाइन, पोखरा
मित्रता बहुउद्धेश्यीय सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । पोखरा मै पहिलो पटक युवाहरुद्वारा सञ्चालित सहकारीको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी संघका अध्यक्ष बलराम गौतमले युवाहरुले आफ्नो व्यवसायसंगै सहकारीलाई अगाडि बढाउनु आफैमा गर्वको कुरा भएको बताउदै सहकारीको मान्यतालाई आत्मसाथ गरी अगाडि बढ्न आग्रह गर्नुभयाे ।

पछिल्लो समय सहकारीहरुमा विकृति मौलाउँदै गइरहेको सन्दर्भमा त्यसप्रति मित्रता सहकारीले ध्यान पु¥याउन आवश्यक रहेको भन्दै गौतमले युवा व्यवसायीहरुलाई सहकारीमा आवद्ध गर्न सके सहकारी व्यवस्थित बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

संस्थाका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले युवा सदस्यहरुको साथ सहयोग पाएको खण्डमा पोखरामा नमुना सहकारीको रुपमा स्थापित हुने बताउनुभयो । संस्थाका अध्यक्ष जयन्ती मोक्तानले सहकारी स्थापनाको उद्देश्य सहकारी दर्ता गर्दा बखतको संघर्ष र अगामी कार्यक्रम योजना बजारमा देखिएको आर्थिक समस्यामा मित्रतामा त्यस्तो समस्या नरहेको बताउनुभयो ।

अगामी दिनमा पनि समस्या नरहने जानकारी गराउदै सहकारीको सांगठनिक व्यवस्था प्रविधि मैत्री सेवामा बिस्तार, व्यवसायीक प्रतिष्ठानहरु संगको सहकार्य रिक्त पद पूर्तिको लागि सभामा पेश तथा अनुमोदनको लागि विभिन्न बुँदाहरु पेश गर्नु भएको थियो ।

कार्यक्रममा सहकारीका सचिव नबिन श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष बुद्धि राज भट्टराईले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको संयोजक रुद्र गिरीले लेखाको प्रतिवेदन प्रस्तुत गरेका गर्नु भएको थियो ।

कार्यक्रममा बाल बचत र कोपिला बचत बाल बाललिकाहरुको लागि शिक्षामा अग्रसरहोस भन्ने हेतुले १ सय ५०जना बाल बालिकालाई स्टेशनरी सामग्री बितरण गरिएको थियो । विभिन्न विधामा वार्षिक उत्कृष्टलाई नगद तथा प्रमाण प्रत्रबाट सम्मान गरिएको थियो ।

सहकारीको वर्ष उत्कष्ट कर्मचारी किरण पुनलाई नगद तीन हजार र प्रमाण पत्र, वर्ष उत्कृष्ट बाल बचत सज्जु त्रिपाठीलाई नगद ६ हजार र प्रमाणपत्र, वर्ष उत्कृष्ट कोपिला बचत सनिश श्रेष्ठलाई नगद ६ हजार र प्रमाणपत्र, वर्ष उत्कृष्ट बचतकर्ता रोजेन्द्र प्रसाद पोख्रल, विष्णुकुमारी श्रेष्ठ, लक्ष्मी प्रसाद श्रेष्ठ, दुर्गा श्याम, विष्णु कुमार श्रेष्ठ, बसन्त कुमार श्रेष्ठ र उत्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।

वर्ष उत्कृष्ट शेयर सदस्य ईन प्रसाद घर्ती, जुन कुमार श्रेष्ठ, श्रावण कुमार जैसवाललाई सम्मान गरिएको थियो भने वर्ष उत्कृष्ट नारी बचत कमला श्रेष्ठ, वर्ष उत्कृष्ट ऋणी सदस्य श्रीराम अधिकारी, भिम कुमारी गुरुङ, ओम बहादुर कामी, जय प्रकाश लामा र वर्ष उत्कृष्ट उपसमिति चन्द्र वती श्रेष्ठलाई सम्मान गरिएको थियो ।

सल्लाहकारको तर्फबाट सल्लाहकार राजु श्रेष्ठ र विनोद दुङ्गानाले शुभकामना मन्तव्य राखेका थिए भने सभाबाट संचालक समितिमा रहेको रिक्त पदमा बबिता केसी कार्की र कृष्ण केसीलाई सर्वसम्मत चयन गरीएको थियो । बन्द सत्रबाट अध्यक्ष सचिव र कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गरी पास गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *