सुनौलो बचत तथा ऋण सहकारीकाे अध्यक्षमा पुन सापकोटा चयन

आदर्श अनलाइन, पोखरा
सुनौलो बचत तथा ऋण सहकारी संस्था पाेखरा बैदामको अध्यक्षमा पुनः टिकाराम सापकोटा चयन हुनु भएको छ । सहकारीकोे १५ औं वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनबाट सापकोटा अध्यक्षमा चयन हुनु भएको हो ।

समितिका उपाध्यक्षमा भोजकुमार श्रेष्ठ, सचिवमा सोमबहादुर थापा मगर, कोषाध्यक्षमा लिला भट्टराई चयन भएका छनभने सदस्यहरूमा गायत्री फुयाल, मधुमाया सापकोटा, जिवनराज सापकोटा, उमा देबी अधिकारी, रामचन्द्र शर्मा चयन हुनु भएको छ ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा ईश्वरीप्रसाद पौडेल र सदस्यमा जगन्नाथ तिमिल्सिना र ताराप्रसाद गौतम रहेका छन् । साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यटकीय सुन्दर नगरी लेकसाईडमा रहेको सहकारीले उत्पादनमा जोड दिदैँ संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

संस्थाका अध्यक्ष टिकाराम सापकोटाले संस्थाका गतिविधिसँगै पर्यटनका सम्भावना, समस्या र राज्यको भुमिका लगायतमा प्रकाश पार्नु भएको थियो । संस्थाका अध्यक्ष सापकोटाको अध्यक्षता तथा सचिव सोमबहादुर थापाले सञ्चालन गरेकोे कार्यक्रममा उपाध्यक्ष भोजकुमार श्रेष्ठ, सल्लाहकारहरु डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई, बच्चुराम तिवारी, बिष्णुबहादुर गुरुङ, पूर्व बैंकर एवम् सस्थाका सदस्य महेश्वर पहारी, उमादेवी अधिकारी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा वर्ष उत्कृष्ठ कर्मचारीको रुपमा बजार प्रतिनिधि सुमित्रा जि.सी, उत्कृष्ठ सदस्यहरूमा विष्णुप्रसाद गुरुङ, दिपेन्द्र देवी घिमिरे थापा पार्वता पाण्डे र धिरज अर्याललाई सम्मान गरियो भने सुनौलो शैक्षिक पुरस्कार अन्र्तगत आधारभुत तहमा एरिका बराल र माध्यामिक तहमा कृष्ण पाण्डेलाई नगद तथा सम्मानपत्रबाट सम्मान गरियो ।

साधारण सभाले सचिवको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्ताव समेत पारित गरेको छ ।

संस्थामा २४८७ जना शेयर सदस्य र शेयर पूँजी रु छ करोड १३ लाख रहेको सचिव सोमबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाको कुल वासलत रु.२८ करोड ७४ लाख छ भने १९ करोड ७७ लाख निक्षेप संकलन गरी २१ करोड ४९लाख ऋण परिचालन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *