चर्चित गायक बसन्त थापालाई आदर्श सम्मान


आदर्श अनलाइन, बागलुङ

यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक बसन्त थापालार्ई प्रदान गरिएको छ ।
बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–२०७९ गायक तथा सर्जक बसन्त थापालाई प्रदान गरेको हो ।

सहकारीको १६ औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ । संस्थाका संस्थापक अध्यक्ष तथा निर्वतमान सांसद मन कुमारी केसी र संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले थापालार्ई नगद रु. २५ हजार सहित सम्मान गर्नुभएको हो ।

कलाकारितामादुई दशकदेखि निरन्तर साधनारत रही नेपाली मौलिक लोक संगीतको जगेर्ना र विकासमा गायक थापाले पु¥याउनुभएको योगदान अतुलनीय रहेको भन्दै सम्मानित गरिएको अध्यक्ष हुमाकुमारी जिसीले बताउनुभयो ।

गायक बसन्त थापाको सालकोपात टपरी हुने नहुने सल्लेको, खेतमा बोके झार, लोभी आँखा, बस्यो माया नबोली नबोली लगायतका चर्चित गितमा आवाज तथा संगित दिनुभएको छ । थापाको भर्खरै मात्र सार्वजनिक भएको गीत हुन्छ भन भन्ने गित युट्युवको ट्रेडिङ्गमा छ । आदर्श सञ्चार सहकारीले प्रदान गर्ने आदर्श विशेष सम्मानबाट दुई वर्ष अघि चर्चिक गाक प्रकास सपुतलाई प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *