नेकपा एमाले पर्ख र हेरको अवस्थामा छ : महासचिव पोख्रेल

गीता राना, पोखरा
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेकपा एमाले अहिलेको चुनावी परिणामले पर्ख र हेरको अवस्थामा रहेको बताउनुभएको छ । सरकार निर्माणबारे वताउदै महासचिव पोख्रेलले जनमतको आधारमा एमाले ठूलो दल भएतापनि अहिलेको अवस्थामा पर्ख र हेरको अवस्थामा रहेको वताउनुभएको हो । मुलुकमा गठबन्धनको सरकार बन्ने अवस्था हुदा सम्म नेकपा एमाले सरकारमा जानका लागी पर्ख र हेरको अवस्थामा रहेको उहांको भनाइ रहेको थियो ।

प्रेस चौतारी कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै महासचिव पोख्रेलले गठबन्धन निर्वाचन पछि पनि जारी रहेको र अहिलेको अवस्थामा गठबन्धनकै सरकार बन्ने भएकाले नेकपा एमाले पर्ख र हेरको अवस्थामा रहेको बताउनुभएको हो । मुलुकमा दीगो बिकासको लागि एमाले र कांग्रेसको सरकार निर्माण हुनुपर्ने भएतापनि अहिले त्यो अवस्था नरहेको र अहिले गठबन्धनकै सरकार निर्माण हुने भएकाले आफुहरु पर्ख र हेरको अवस्थामा रहेको उहांको भनाइ रहेको थियो ।

नेपाली कांग्रेस र एमाले मिलेर बन्ने सरकार दीगो बन्ने भएतापनि त्यस तर्फ नेपाली कांग्रेसले कुनै वास्ता नगरी गठबन्धनमा बसेर मुलुकलाई अनिर्णयको वन्दीमा पु¥याउने काम गरिरहेको वताउदै पोख्रेलले नेपाली कांग्रेसले साना दलहरुलाई लिएर सरकारमा जांदा मुलुकमा दीगो बिकासको काम हुन नसक्ने भएकाले एमाले र कांग्रेस बीचको सरकारलेनै मुलुकलाई दीगो बिकासमा लैजान सक्ने बताउनुभयो ।

त्यसैगरि प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको परिणामलाई हेर्दा बैकल्पिक शक्ति केही मात्रामा हावी हुनु विदेशी डिजाइनको कही कतै प्रयोग भइरहेको पोख्रेलको भनाइ रहेको छ । अहिलेको निर्वाचनमा धेरै बिकसित रुपमा अगाडि वढेको ठाउहरुमा अस्तित्वमा रहेका राजनैतिक दल भन्दापनि नया राजनैतिक दलहरुले जनमत पाएको वताउदै यो कही कतै विदेशी डिजाइनबाटै परिचालित भएको होकी भन्ने उहांको भनाइ रहेको थियो ।

अघिल्लो पटकको संघ र प्रदेश सभाको निर्वाचनमा केही नया दलहरु आएको भएतापनि अहिलेको निर्वाचनमा ती दलहरु जमानत जफतको अवस्थामा पुगेकाले अहिले अस्तित्वमा आएका नया दलहरुपनि पांच वर्षपछि त्यही अवस्थामा आउने वताउदै पुरानो राजनैतिक दलहरुको बिकल्प नरहेको समेत उहांको भनाइ रहेको थियो ।

नयाँ उदाएका राजनैतिक दलहरु धार्मिक र केही पश्चिमा मुलुकको प्रभावमा अगाडि वढिरहेको वताउदै त्यसप्रति पनि राजनैतिक दलहरुले चासो देखाउन आवश्यक रहेको वताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *