निःशुल्क शिविरबाट तीन सय बढी लाभाम्वित

आदर्श अनलाइन, पोखरा
पोखरा महानगरपालिका–५ को आयोजनामा भएको पाठेघरको मुख तथा स्तन क्यान्सर सम्बन्धि निशुल्क शिविरबाट ३ सय ७ जना महिलाहरु लाभाम्वित भएका छन् । वडा कार्यालयको खर्चमा बुधबार भएको कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर ५ ले सहजीकरण गरेको थियो ।

हरेक महिलाहरुको स्वास्थ्यमा वडाको ध्यान केन्द्रीत रहेको वडा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बताउनुभयो । ‘उपचारभन्दा पहिला आफ्नो स्वास्थ्यको बारेमा थाहा पाउन आवश्यक छ । रोग लाग्न भन्दा रोग लाग्न नदिनु नै हाम्रो उद्देश्य हो ।’

वडावासीलाई स्वास्थ्य सचेतना गराउन वडाले कुनै कसर बाँकी नराख्ने उहांकोे भनाई थियो । स्थानीय तह मार्फत यस्तो कार्यक्रम पोखरा महानगरमै पहिलो पटक भएको र वडा ५ बाटै शुरु गरिएको वडाध्यक्ष बरालले बताउनुभयो । वडाकै बजेटबाट शिविर सञ्चालन भएको बरालले जानकारी दिनुभयो ।

निशुल्क स्वास्थ्य चेकजाँजबाट ३ जनाको भिआइए सस्पेक्टेड देखिएको र ४५ जनाले औषधि लिनुपर्ने देखिएको शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदीले जानकारी दिनुभयो । वडावासीको हितमा हुने यस्ता कार्यक्रलाई निरन्तरता दिने प्रतिवद्धता शिविर संयोजक तथा वडा सदस्य कल्पना भुवाजी क्षेत्रीले बताइन् । स्वस्थ वडाको रुपमा विकास गर्न वडा अगाडी बढिरहेको संयोजक क्षेत्रीले बताउनुभयो । शिविरलाई स्वास्थ्य महाशाखा महानगर प्रमुखसहितको टोलीले अनुगमन गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *