देशभर चिसाे बढ्याे, सावधानी अपनाउन विभागकाे आग्रह

आदर्श अनलाइन, काठमाडौ
तराईका अधिकांश भू–भागमा केही समययता बिहानीपख हुस्सु र कुहिरो लाग्दै आएको छ। यद्यपी, घाम लागेसँगै यो हट्दै जाने गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बिहान र बेलुका तराईमा जाडो बढेको छ । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

विभागका अनुसार आज बिहान तराई भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज बिहान पौने ६ बजेको काठमाडौंको तापक्रम ८.५ डिग्री सेल्सियस रहेको छ। दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ।

दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश–१ को पहाडी भू–भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *