पोखराको लेकसाइडमा ३ करोडको लागतमा फ्याट् मङकी रेष्टुरेण्ट

आदर्श अनलाइन, पोखरा
पोखरा ६ लेकसाइडको सेन्टर प्वाइटमा फ्याट् मङकी रेष्टुरेण्ट सञ्चालन आएको छ । पोखराका युवा व्वसायी जीवन भट्टराईले फ्याट् मङकी रेष्टुरेण्ट सञ्चालनमा ल्याउनुभएको हो । चार तले भवनमा उहांले तीनवटा तलामा रेष्टुरेण्ट सञ्चालन गर्दै आउनुभएको छ । जसमोे पहिलो तलामा व्यवसायीक प्रयोजनका लागि प्रयोग गरेको भट्टराईले बताउनुभयो । इट, ड्रिङक र भाइब भन्ने नाराका साथ नेपाली, इन्डिएन र अन्य देशका खानाहरुलाई विषेश प्रथामिकता दिएको बताउनुभयो ।

फ्याट् मङकी रेष्टुरेण्टमा करिब १ सय ५० जनाको सिट क्षमता रहेको छ । मङकीका विभिन्न अवस्था र आकारका पेन्टिङले रेष्टुरेण्टमा आउने व्यक्तिलाई आक्रर्षण गर्ने गरेको उहांले वताउनुभयो । ‘जसरी खाने कुरामा मङकी स्वतन्त्र हुन्छ,’ उहांले भन्नुभयो ‘त्यसै गरी फ्याट् मङकी रेष्टुरेण्टमा पनि ग्राहकहरु स्वतन्त्रता पुर्वक खान अडर गरेर खान सक्ुनुहुनेछ ।

उहांले मङकीले जसरी भेराइटीहरु खान्छ त्यसै गरी खानाका भेराइटीहरु खान सकिन्छ भने सन्देश दिन फ्याट् मङकी नाम राखेको बताउनुभयो । अहिले विश्व कप फुटबललाई लक्षित गरेर फुटबल हेर्ने सुविधा रहेको उहांले वताउनुभयो । त्यसै गरी पत्येक शुक्रबार र शनिबार लाइभ म्युजिकको समेत रम्न सकिने उहांले बताउनुभयो ।

करिब ३ करोडको लागतमा निर्माण भएको रेष्टुरण्ट कोभिडका कारण ढिलो र लागत समेत बढेको बताउनुभयो । पोखराको लेकसाइड र काठमाडौंमा नेपाली ब्राण्ड अर्वनयती र स्मोकिङ याक स्टेक हाउस सञ्चालन गर्दै आउनुभएको छ । त्यसै गरी पोखरामा फ्लाइ मङकी प्याराग्लाइडिङ सञ्चालन गर्दै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *