उप्रेतीको आत्मकथा लोकार्पण

आदर्श अनलाइन, काठमाडौं
नेपालको सहकारी क्षेत्रका एक अथक योद्धा के.बी.उप्रेतीको आत्मकथा शुक्रवार लोकार्पण भएको छ । नेचुरल मिडिया प्रा.लि. र ग्रुप अफ वर्तमान मिडिया प्रा.लि.ले प्रकाशन गरेको के.बी.(कृष्ण बहादुर उप्रेती) आत्मकथामा उप्रेतीको जीवनी, विभिन्न क्षेत्रका अनुभव, अध्यययन, योगदान र विभिन्न व्यक्तिहरुले उप्रेतीका बारेमा दिएका विचारहरु संमावेश गरिएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष के.बी.उप्रेती (कुष्ण बहादुर उप्रेती) को आत्मकथा पुस्तकको पूर्वमन्त्री लिलामणी पोखरेल, पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घलेले संयुक्त रुपमा लोकार्पण गर्नु भएको थियो ।

पत्रकार पुरुषोत्तम दाहालले आत्मकथाको समिक्षा गर्नु भएको थियो । उप्रेतीको आत्मकथामा इमान्दारिता देखिएको चर्चा गर्दै दाहालले पुस्तक सहकारीकर्मी र अन्य क्षेत्रमा लाग्नेहरुका लागि पनि प्रेरणा बन्न सक्ने बताउनुभयो ।

मुखियाको परिवारमा जन्मेर पनि उप्रेतीले जीवनमा गरेका संघर्ष धेरैका लागि अनुकरणीय हुन सक्छन्, दाहालले भन्नुभयो, जीवनका विभिन्न क्षेत्रमा कसरी लागियो, कहा कस्तो संघर्ष भयो, विशेष गरी सहकारी क्षेत्रको योगदान, स्मरण र भूमिकालाई प्राथमिकता दिइएको छ ।

पुस्तक लोकार्पण कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वमन्त्री लिलामणी पोखरेलले उप्रेतीले सहकारी क्षेत्रमा खेलेको भूमिका आफुहरुलाई जानकारी भएको चर्चा गर्दै उहाँको आत्मकथाले नेपालको सहकारी अभियानलाई सही बाटोमा ल्याउन सहयोग पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

नेपालको सहकारी अभियान सही बाटोमा अझै जान सकेको छैन, उप्रेती र उहाँजस्तै अभियानकर्मीहरुको सक्रियता र राजनीतिक दल र सरकारको सहयोगमा यसलाई विपन्न वर्गका जनताको सारथी बनाउन सबै लाग्नु पर्छ, पोखरेलको भनाइ थियो ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य, सहकारी तथा गरिवी निवारण विभागका प्रमुख कलम चौलागाईले सहकारी अभियानलाई सबैको साझा बनाउनका लागि केबी उप्रेतीको भूमिका प्रभावकारी रहेको आफुले पाएको बताउनुभयो । व्यवसायिक रुपमा सबैलाई मिलाएर अभियानलाई अगाडि बढाउन उप्रेतीको भूमिकाका बारेमा सबैको सकारात्मक भावना पाएको भन्दै उहाँले सबै मिलेर सहकारी अभियानलाई जोगाउनु पर्नेमा जोड दिनुभयो ।

यतिबेला सहकारी क्षेत्र संकटमा छ, यसलाई जोगाउनका लागि राज्य र अभियानको प्रभावकारी भूमिका हुनु पर्नेमा जोड दिदै पूर्वमन्त्री समेत रहनु भएका चौलागाईले राज्यले सहकारीको संकट समाधानमा चासो नदेखाएको गुनासो गर्नु भयो ।

राष्ट्रिय सहकारी बैंकका सल्लाहकार राधा घलेले पुस्तकका बारेमा धारणा राख्दै केवी उप्रेतीलाई नेपालका सहकारीकर्मीहरुले साझा नेताका रुपमा चर्चा गर्ने गरेको आफुले जानकारी पाएको बताउनुभयो । अभियानमा संलग्न सबै विचारधाराका अभियन्ताहरुले उप्रेतीका बारेमा सकारात्मक र सबैलाई मिलाएर अगाडि बढ्ने व्यक्तिका रुपमा चित्रित गर्ने गरेको भन्दै उहाँले आगामी दिनमा पनि सहकार्य र समन्वय गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।

पुस्तकका लेखक उप्रेतीले सहकारी अभियान लगायत जीवनका उकाली ओरालीहरुको संगमका रुपमा आत्मकथालाई लिएको बताउनुभयो । उहाले आफ्नो जीवनमा घटेका घट्ना, गरेका काम र अनुभवका बारेमा आफुले बोलेको र पत्रकार खिलानाथ दाहाल र काजी श्रेष्ठले पुस्तकलाई लिपीवद्ध गरेको जानकारी गराउनुभयो ।

पुस्तको पहिलो खण्डमा उप्रेतीको व्यक्तिगत जीवनका बारेमा लेखिएको छ । गाउँबाट आएको कृष्ण काजी हुदै एसएलसीमा सहभागी, स्ववियू सभापति देखि २ सन्तानको पितासम्म उल्लेख गरिएको छ । यही खण्डमा राजनीति देखि पत्रकारिता जोडिएको छ भने दोस्रो खण्डमा सहकारी खण्ड भनेर २५ वटा विषय उल्लेख गरिएको छ । अन्तिम खण्डमा केबी उप्रेती पात्र एक, प्रसंग भन्दै केबी उप्रेतीका बारेमा २२ जना सहकारी अगुवाहरुका धारणा समेटिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *