बागलुङका आठ पत्रकार पुरस्कृत

आदर्श अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघ बागलुङ शाखाद्वारा प्रदान गरिने ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट राष्ट्रिय समाचार समिति (रासस)का प्रधान सम्पादक एकराज पाठक पुरस्कृत हुनु भएको छ ।

महासंघको १३ औँ वार्षिक साधारण सभाका अवसरमा पाठकलाई आज यहाँ पुरस्कृत गरिएको हो । पुरस्कार गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रीले मणिभद्र शर्मा कँडेलले प्रदान गर्नु भएको हो ।

पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतम र उहाँको परिवारले आमा नन्दकली र बुबा हरिलालको सम्झनामा २०६६ सालमा उक्त पुरस्कार स्थापना गर्नु भएको थियो । लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्तिलाई हौसला प्रदान गर्न आमाबुबाको सम्झनामा पुरस्कार स्थापना गरेको हरिनारायणले बताउनुभयो ।

पाठकसँगै राससका समाचारदाता रामबहादुर थापा, सिर्जना पन्त, सरोजराज पन्त र सज्जनकुमार सिंह हरिलक्ष्मी नारायणप्रसाद स्मृति पुस्कार, पत्रकार भाषा शर्मा र गणेश पौडेल ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’ तथा राजेशचन्द्र राजभण्डारी ‘टीकाधना पत्रकारीता पुरस्कार’बाट पुरस्कृत हुनु भएको छ । उक्त पुस्कार राशी १५ हजार रुपैयाँ रहेको छ ।

व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफनो बुबा नारायण प्रसाद श्रेष्ठ र आमा हरिलक्ष्मी श्रेष्ठको स्मृतिमा विस २०७३ सालमा यो पुस्कार स्थापना गर्नु भएको हो ।

बुबा नारायण प्रसाद श्रेष्ठ र आमा हरिलक्ष्मी श्रेष्ठको स्मृतिमा विस २०७३ सालदेखि समाचार, स्तम्भ लेखन र पत्रकारिता तालिम दिने उदेश्यले कोष स्थापना भएको कोषका संस्थापक सदस्य मनोविज्ञान श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री कँडेलले पत्रकार जगतले सरकारलाई सजक गराई राख्नु पर्ने बताउनुभयो । उहाँले पत्रकार राज्यको चौथो अंग भएको भन्दै यसले सरकार र जनता बीचको पुलको काम गगि रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *