२७९ बिरामीलाइ साढे दुई करोड सहायता उपलब्ध

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीमा रहेको सामाजिक संस्था ओमकुमारी शान्ति कोषले २७९ जना बिरामीको उपचारका लागि साढे दुई करोड बढी आर्थिक सहायता उपलब्ध गराएको छ ।
संस्थाले स्थापना कालदेखि हालसम्म म्याग्दी जिल्ला भित्रका २७९ जना निम्न आयस्तर भएका बिरामीको उपचारमा कुल २ करोड ५४ लाख १९ हजार ६४ रुपैयाँ ८६ पैसा उपलब्ध गराएको हो ।
संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका अवसरमा संस्थाका अध्यक्ष राजेश शाक्यले ओमकुमारी शान्ति कोषले आफ्नो कोषमा रहेको रकम एवम् बिरामीको उपचार अभियान मार्फत संकलन गरेर उक्त रकम उपलब्ध गराएको बताउनुभयो ।

शाक्यले भन्नुभयो हाल सम्म संस्थाले आफ्नो कोषबाट ४८ लाख ५७ हजार ५३१ रुपियाँ र बिरामी बचाउ अभियान मार्फत दाताहरुबाट संकलन गरेर २ करोड ५ लाख ६१ हजार ५३३ रुपियाँ ८६ पैसा सहयोग गरेको छ ।

आर्थिक अभावले गर्दा स्वाथ्योपचार गर्न नसक्ने अवस्थाका नागरिकको उपचार गर्ने हेतुले दिन जान्यो बाँच्न जान्यो भन्ने मुल नाराका साथ स्थापना भएको सामाजिक संस्था हो ओमकुमारी शान्ति कोष ।

हाइपोप्लाष्टीक एनिमिया रोगबाट ग्रसित म्याग्दीको बेनी नगरपालिका–४ की ओमकुमारी पुन(शान्ति)को उपचार गर्ने तथा उनलाइ बचाउने हेतुले शुरु भएको शान्ति बचाउ अभियान पछि गएर ओमकुमारी शान्ति कोषको रुपमा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा दर्ता भएर अगाडी बढेको संस्थाका अध्यक्ष राजेश शाक्यको भनाई छ । शाक्यका अनुसार बोनम्यारो प्रत्यारोपण सफल नभए पछि २०७१ असार १८ गते ओमकुमारीको निधन भएको थियो ।

त्यस बखत शान्ति बचाउ अभियानमा संकलन भएको रकमलाई संस्थागत रुपमा बचत गर्ने र गरिब बिरामीको उपचारमा खर्चिने उद्देश्य सहित २०७१ असोज २९ गते ओमकुमारी शान्ति कोष जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा दर्ता भएको थियो ।

शनिबार भएको अधिवेशनबाट हरिकृष्ण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कोषको प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितिय उपाध्यक्ष लोकबहादुर पुन, महासचिव बिनय श्रेष्ठ, कोषाध्यक्ष सन्दीप खत्री, सचिव दिपक श्रेष्ठ र सहकोषाध्यक्षमा डिलकुमारी पुर्जा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सान्तोष गौतम, कृष्णबहादुर जिसी, टकसरा राना, नन्दकुमार पाईजा, सचिन शाक्य, मिनाकुमारी राम्जाली, कमल खत्री र नेत्रराज सुवेदी चयन हुनुभएको निर्वाचन समितिका प्रमुख दिलीप पुनले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *