शिक्षक हित सहकारीको ११ औ साधारण सभा सम्पन्न

रोहन जि.सी बागलुङ,

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. को ११ औ साधारण सभा शनिबार एक समारोहका बिच सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गण्डकी प्रदेश सभाका सदस्य सांसद कृष्ण पाठकले गर्नुभएको थियो ।

उद्घाटन पछि बोल्दै सांसद पाठकले यस सहकारीले सहकारी शिक्षामा जोड दिदैँ व्यवसायिक र व्यक्तिगत दक्षता र वित्तीय अनुशासनलाई अघि बढाउन विशेष जोड दिएको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि गोविन्द बहादुर भण्डारी, अतिथिहरु शान्तामणि ढकाल, तारा बहादुर वि.क, कृष्ण बहादुर अधिकारी, छविरमण रेग्मी, शिवलाल कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुतर्फ सिता सापकोटा कंडेल, गणेश थापा र उत्कृष्ट कारोबार गर्ने संस्थाहरुतर्फ लक्ष्मी मा.वि धम्जा र मुलपानी मा.विलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारी तर्फ कृष्ण माझीलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष दिनेश अधिकारीको अध्यक्षता, उपाध्यक्ष महेन्द्र कार्कीको स्वागत तथा सचिव होमनाथ गौतमको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *