सिसी क्यामेरा बिहिन बन्यो बागलुङ बजार


–खेमराज गौतम, बागलुङ
सालमा बागलुङ बजारमा जडान गरेका २९ सिसी क्यामेरा अहिले प्रयोगमा छैनन् । बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्यसंघको समन्वयमा जडान गरिएको सिसि क्यामेरा क्रमश मर्मत संभारको अभावमा कामै नलाग्ने गरी बिग्रिएका छन् । २०७५ सालमा २९ मध्ये १६ सिसी क्यामेरा विग्रिएका थिए भने अहिले एउटा सिसि क्यामेरा समेत सञ्चालन नआउदा सुरक्षा जिल्ला सदरमुकामा सुरक्षा चुनौती बढेको छ ।

बागलुङ बजारमा चोरी डकैतीका घटनाहरु बढ्न थालेपछि नियन्त्रका लागि अत्यावश्यक बनेको सिसी क्यामरा नहुँदा समस्या छ । बागलुङ बजारबाटै चोरी भएका दुई वटा मोटरसाइकल समेत अझै फेला पर्न सकेको छैन । अपराध नियन्त्रणका साथै चोरी डकैतिका घटना बाहिर ल्याउन तथा अदालतले समेत सिसी क्यामेराको दृश्यलाई भरपर्दो प्रमाणका रुपमा लिने गरिएको छ । सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सिसी क्यामेरा यथासक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने स्थानीय प्रशासनको माग छ ।

अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको भएपनि सिसी क्यामेरा विग्रिएकापछि नियन्त्रणकक्ष समेत प्रयोगमा आउन छोडेको हो ।

प्रविधिको प्रयोग संगै बढ्दो अपराध निरन्त्रण गर्न सिसी क्यामेरा अहिलेको अनिवार्य आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले जानकारी दिनुभयो । “सिसि क्यामेरालाई आधार मानेर ठूला–ठूला जघन्य अपराधको प्रदाफास गरिएको हुन्छ, हालै बागलुङमा फूलमाया माझीको हत्या विद्यालयको सिसी क्यामेराका आधारमा किनारा लगाउन सकियो” ज्ञवालीले भन्नुभयो “बागलुङ बजारमा सिसी क्यामेरा नहुँदा सुरक्षा निकायमा निकै प्रभाव परेको छ, दुर्घटना नियन्त्रण र दुर्घटनापछिको दोष छुट्टाउन समेत अचुक भूमिका सिसी क्यामेराको हुन्छ ।”

ज्ञवालीका अनुसार अहिले बागलुङ उद्योग बाणिज्यसंघले सिसी क्यामेरा जडान गर्नका लागि सर्वेको काम सम्पन्न भएको जनाएको छ । सिसी क्यामेराको प्रमुख व्यवस्थापक रहेको बागलुङ उद्योग वाणिज्यसंघले विग्रिएका सिसी क्यामेरा पुरानो मोडेलका भएको र नयाँ विद्युतका पुलोमा केबल सहितको विद्युतीकरण गरी नाङ्गो विद्युतीय तार मुक्त बागलुङ बजार बनाउनका लागि दुई वर्ष सिसी क्यामेरा जडान गर्न नसकेको जनाएको छ ।

संघका अध्यक्ष नरेश कंडेलले २०७१ सालमा जडान गरिएका सिसी क्यामेरा विस्तारै विग्रदै गएपछि दुई वर्षदेखि सिसी क्यामेरा बिहीन बागलुङ बजार बनेको बताउनुभयो । “हाम्रो नयाँ कार्यकालले नयाँ सिसी क्यामेरा जडानका लागि निरन्तर पहल भइरहेको छ, अब नयाँ सिसी क्यामेरा जडानका लागि सर्वे सम्पन्न भइसकेको छ, अब बागलुङ बजार क्षेत्रका १२३ थान सिसी क्योमरा राख्ने योजना अनुसार काम थाल्छौ, सिसी क्योमरा नहुँदा बागलुङ बजारमा निकै समस्या छ” अध्यक्ष कंडेलले भन्नुभयो “क्यामेरा जडानका लागि बागलुङ नगरपालिकाले रु. १५ लाख विनियोजन गरेको छ, हाम्रो लागत ४२ लाख हो, सिसी क्यामेरा राख्दै जाने, व्यवसयासी र बैंकर्सहरुबाट सहयोग समेत उठाउने लक्ष्य छ ।”

कंडेलका अनुसार अहिलेका सिसी क्यामेरा आधुनिक र जुम गरेर समेत हेर्न मिल्नेखालका आधुनिक क्यामेरा हुने छन् । बागलुङ नगरपालिकाले बागलुङ बजारमा सिसी क्यामेरा जडानका लागि तगारुकता देखाएर बजेट विनियोजन गरेको बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

लाखौँ रुपैयाँ खर्चेर जडान गरिएका क्यामेरा मर्मत र संरक्षण अभावमा सिसी क्यामेरा निश्क्रिय भएका हुन् । मुख्य सडक, चोक र बजार प्रवेश क्षेत्रमा राखिएका क्यामेरा बिग्रिएरका हुन् । अहिले जोड्ने भनिएका क्यामेरा बागलुङ बजार, रामरेखा, उपल्लाचौर देखि कुडुँले सम्म जडान गरिने गरि अध्ययन गरिएको छ ।

सामाजिक सुव्यवस्था, सडक सुरक्षा र अपराध नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यले पछिल्लो समय बजार क्षेत्रमा सिसी क्यामेरा अपरिहार्य भएपनि साविक धौलागिरी अञ्चलको सदरमुकाम बागलुङ बजारमा क्यामेरा नहुनु दुखद विषय भएको बताउदै छिटोभन्दा छिटो सिसी क्यामेरा जडान गर्नुपर्ने सामाजिक अभियान्ता राम शर्माले बताउनुभयो ।

बागलुङ बजारको समीक्षालय चोक, बाघको शालिक, अदालत चोक, धौलागिरी चोक, जीप पार्क, शिवधाराचोक, लालिगुराँस चोक र देउराली चोक लगायतका स्थानमा राखिएका सिसी क्यामेरा विक्रिएका थिए भने अहिले उक्त चोक बाहेक उपल्लाचौर, रामरेखा, गैडाँकोट र कुडुँले सम्म सिसी क्यामेरा थप गर्दा सुरक्षा व्यवस्था चुस्त हुनेछ । बागलुङ जिल्ला सदरमुकाममा सिसी क्यामेरा नभएपनि जिल्लाको हटिया बजारमा सिसी क्यामेराको व्यवस्था छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *