आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यहरु रमेश खड्का र रिता खड्काको बुहारी बा.न.पा.३, गुठी निवासी भूमि खड्काको निधनप्रति दुःख व्यक्तगर्दै घरमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
गौतमको १३ औं दिनको पुण्य तीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको छ ।
श्रद्धाञ्जली सभामा संस्थाका सह–सचिव कमल लामिछाने, प्रबन्धक दिपकराज सापकोटा, कर्मचारी हरिराम शर्मा लगायतको उपस्थितीमा सदस्यका एका घरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद रु. दश हजार रुपैयाँ स्वर्गीय खड्काका परिवारलाई हस्तान्तरण गर्नु भएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु. १५ हजार र शेयर सदस्यका एका घरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्श सञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमासमेत काम गर्दै आइरहेको छ ।