राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा उप्रेती, सञ्चालकमा गण्डकीबाट जिसी र मधेशबाट मण्डल निर्विरोध

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा के.बी.उप्रेती र सञ्चालकमा गण्डकी प्रदेशबाट राम बहादुर जिसी, र मधेश प्रदेशबाट विश्वनाथ मण्डल निर्विरोध निर्वाचित हुनु भएको छ ।

बैंकको १९ औ वार्षिक साधरणसभा अन्तरगत पुस ६ गतेका लागि तोकिएको उमेदवारी दर्ताका क्रममा अध्यक्ष उप्रेती र सञ्चालक जिसी र सञ्चालक मण्डलको पदमा अरु कसैले उमेदवारी नदिएपछि उहाँहरु निर्विरोध निर्वाचित हुनु भएको हो ।

बैंकमा हाल अध्यक्ष र सञ्चालकद्वय जिसी र मण्डल आगामी ४ वर्षका लागि पुन निर्वाचित हुनु भएको हो । निर्वाचन उपसमितिले उमेदवारी दर्ताका लागि दिएको पुस ६ गते दिउसो १ वजेसम्मको समयमा अध्यक्ष उप्रेती तथा गण्डकी प्रदेशका तर्फबाट सञ्चालकमा जिसी र मधेश प्रदेश तर्फबाट सञ्चालकमा मण्डलको मात्रै उमेदवारी परेकोले उहाँहरु दुवै निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।

बैंकको आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका लागि अन्य पदमा एक भन्दा बढी उमेदवारी परेको छ ।

अध्यक्ष, सात प्रदेशबाट ७ जना सञ्चालक (२ जना महिला सहित), ३ जना महिला सञ्चालक र ४ जना खुल्ला सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको संयोजक, खुल्ला सदस्य र महिला सदस्यका लागि उमेदवारी आव्हान गरिएको थियो ।

अध्यक्ष, गण्डकी प्रदेश सदस्य, र मधेश प्रदेश सदस्यमा १÷१ जनाको मात्र उमेदवारी परेको छ ।प्रदेश नं. १ मा २ जना, बागमती प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा ३ जनाको उमेदवारी परेको छ । लुम्बिनी र सुदुरपञ्चिम प्रदेश महिलाका लागि छुट्टयाइएको छ, २ पदका लागि ४ जनाको उमेदवारी परेको छ ।

खुल्ला ४ पदका लागि ३३ जनाको र महिला खुल्ला ३ पदका लागि ७ जनाको उमेदवारी परेको निर्वाचन उपसमितिले जनाएको छ । लेखा समितिसुपरीवेक्षण समितिको संयोजकमा २ जना, सदस्यमा ५ जना र महिला सदस्यमा ३ जनाको उमेदवारी परेको छ ।

निर्वाचन उपसमितिले पुस ७ गते ५ बजेसम्म फिर्ता लिन चाहनेहरुका लागि समय दिएको छ । उमेदवारी फिर्ताको समयसम्म धेरै पदमा सर्वसम्मत हुन सक्ने जनाइएको छ । सर्वसम्मत नभएका पदहरुमा पुस १६ गते निर्वाचन हुने भएको छ ।

बैंकको १९ औं वार्षिक साधारणसभा पुस १६ गते हुदैछ । सात वटै प्रदेशमा हुन लागेको वार्षिक साधारणसभामार्फत नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचन गर्ने कार्यक्रम अन्तरगत पुस ६ गतेका लागि उमेदवारी दर्ताको समय तोकिएको थियो ।


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *