मुस्ताङ जिल्ला अस्पतालबाट रिफर गर्ने बिरामी पठाउनै मुस्कील

अमृत बास्कुने, म्याग्दी
हिमालपारीको जिल्ला मुस्ताङको जिल्ला अस्पतालबाट थप उपचारका लागि माथिल्लो अस्पताल पठाउन पर्ने बिरामीहरु पठाउनका लागि पछिल्लो दुई वर्षदेखि निकै सास्ती हुने गरेको छ ।

सदरमुकाम जोमसोमा रहेको जिल्ला अस्पताल मुस्ताङको स्वामित्वमा रहेको एम्बुलेन्स बिग्रेर पछिल्लो दुई वर्ष देखि थन्कीएपछि बिरामीलाइ थप उपचारका लागि अन्यत्र पठाउन समस्या भएको जिल्ला अस्पताल मुस्ताङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर बिशाल तिवारीले बताउनुभयो ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा मुस्ताङको जोमसोममा भएको मानवअधिकार वर्ष पुस्तक–२०२३ पूर्व समिक्षा कार्यक्रममा डा.तिवारीले अस्पतालमा बिरामीका लागि अत्यावश्यक रहने एम्बुलेन्स समेत नभएको बताउनुभयो । उहाँले भन्नुभयो दुई वर्ष अगाडी बिग्रेको एम्बुलेन्स मर्मत गर्ने तथा सञ्चालन गर्न सकिएको छैन ।

एम्बुलेन्स मात्रै नभएर अस्पतालमा जनशक्ति समेत अभाव रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो १८ जनाको दरवन्दी रहेको मुस्ताङ अस्पतालमा अहिले ९ जनाले मात्रै बिरामीलाइ सेवा सुविधा दिएको बताउँदै तिवारीले भन्नुभयो अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति एवम् बजेटकै कारणले गर्दा पनि मुस्ताङ अस्पतालले समस्या झेल्नु परेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जिल्लामा मुखियाप्रथा बिद्यमान अवश्थामा पनि रहेको तर्फ इङ्गीत गर्दै शर्माले ग्रामिण भेकमा हुने सामान्य विवाद मुखियाले नै समाधान गर्ने हुँदा नागरिकको समय र पैसा बचत हुने बताउनुभयो । शर्माले मुखियाले राज्यलाई सहयोग गरेको बताउँदै भन्नुभयो फौजदारी केशहरु मुखियाले केही गर्नुहुदैन तर सामान्य विवादहरु अन्य घरायसी समस्याहरु समाधानका लागि राम्रो भुमिका खेल्ने गर्नुभएको छ । मुस्ताङमा मानवअधिकार रक्षाका लागि सबै नागरिकले आ–आफ्नो क्षेत्रबाट भूमिका खेलेको हुँदा मावनअधिकार उल्लंघनका घटनाहरु मुस्ताङमा नहुने शर्माले बताउनुभयो ।

मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रबिन्दुनाथ पौडेलले सुचनाहरु पारदर्शी रहेको बताउनुभयो । उहाँले जिल्ला भित्र कुनै पनि प्रकारका मानवअधिकार उल्लंघनका कार्य नभएको बताउँदै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनताका जनताको मताधिकारका बिरुद्धमा प्रचार गर्ने केही व्यक्तिलाई नियन्त्रणमा लिएर छाडीएको बताउनुभयो ।

निर्वाचन आयोगले दलहरुलाई मत माग्ने पर्चा समेत टाँस्न नदिएको समयमा मानिसको मताधिकार प्रयोग नगरौं भन्ने आसयको पोष्टर तथा पम्प्लेट टाँस्ने कार्य मदाधिकार विरुद्धको भएकाले त्यस्तो नगर्न सम्झाएर छाडिएको बताउनुभयो ।

जोमसोमका होटल व्यवसायी आइता थकालीले जिल्ला भित्र बालश्रमिकहरुको प्रयोग नभएकोब ताउनुभयो । कुनै पनि होटल व्यवसायीले आफ्नै घरको बालिबालिकाले सहयोग गर्ने बाहेक अन्य कुनै पनि तबरबाट बालश्रमिक प्रयोग गरेको आफ्नो जानकारीमा नरहेको उहाँको भनाई थियो ।

कारागार कार्यालय मुस्ताङका जेलर भगवानलाल साहले मुस्ताङ कारागारमा २५ जना क्षमताको रहेकोमा ७ कैदी र ५ बन्दी गरी १२ जना रहेको बताउनुभयो । भौतिक पूर्वाधारको समस्या रहेको कारागारमा खेलकुद सामग्री क्यारमबोर्ड र लुडो बाहेक अरु सम्भव नै नदेखिएको बताउनुभयो । भौतिक पूर्वाधार प्रयाप्त नहुँदा कैदी बन्दीलाई हट रुम बाहेक अन्यत्र घाम ताप्नका लागि समेत निकाल्न मुस्कील जस्तै रहेको बताउनुभयो ।

इन्सेक जिल्ला प्रतिनिधिले सन २०२२ मा इन्सेकले अभिलेख गरेका घरेलु हिंसा सम्बन्धी ४ र बलात्कार सम्बन्धी ४ गरी ८ वटा घटनाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नारायणदल गणका प्रमुख सेनानी इन्द्रराज गुरुङ, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक यज्ञमान साउद, घरपझोङ गाउँपालिकाका प्रतिनिधि, सरकारी वकिल कार्यालयका प्रतिनिधि नागरिक समाजका अगुवा लगायतको उपस्थीति रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *