प्रहरी गस्तीका लागि बागलुङका प्रहरीलाई साइकल

आदर्श अनलाइन
बागलुङ

जिल्ला सदरमुकामको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन बैंकर्स एशोसियन बागलुङले प्रहरीलाई साईकल सहयोग गरेको छ ।

शुक्रबार प्रहरी कार्यालयमा कार्यक्रमको आयोजना गरि बागलुङमा संचालित २७ बैंकहरु मिलेर ६ थान साइकल हस्तान्तरण गरिएको बैंकर्स एशोसियन बागलुङका अध्यक्ष नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । बजारमा नियमित गस्ती मार्फत बैकं तथा वित्तिय संस्थाहरुको व्यवसायिक सुरक्षा सुनिश्चिततामा समेत सहयोग पुग्ने गरि साइकल हस्तान्तरण गरेको अध्यक्ष पौडेलले आदर्श अनलाइनलाई बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नबराज भट्टले खासगरी चाड पर्वको सयममा हुने चोरी र अन्य आपराधिक घटना न्यूनिकरणको लागि साइकल गस्तीले धेरै सहयोग पुग्ने बताउनुभयो । भट्टले आँफूहरुसँग प्राप्त गाडी, मोटरसाइकल नहुँदा पैदल गस्ती गर्ने गरिएको तर साइकल भए पछि थप सहज र प्रभावकारी हुने उहाँको अपेक्षा छ ।

सानासाना गल्लीहरुमा छिटो पुग्न साइकलले प्रभावकारी भूमिका खेल्ने बताउँदै आफूहरुले प्रदान गर्ने शान्ति सुरक्षा अझै प्रभावकारी हुने अपेक्षा राखेको उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *