व्लड क्यान्सर पीडितद्वारा जीवनरक्षाको याचना


आदर्श अनलाइन, बागलुङ

बागलुङको वडिगाड गाउँपालिका–७ भिमगिठेकी थानकुमारी केसीको जीवन जोगाईदिन परिवारले अपिल गरेको छ । प्राणघातक रोग ब्लड क्यान्सर पीडित केसीको उपचार खर्च अभाव भएको भन्दै परिवारले सहयोगका लागि अपिल गरेको हो । केसीको भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।

अचानक शरीरमा निलो धब्बा र त्यसको केही दिनमा मुखबाट रगत बग्ने समस्या देखापरेपछि थानकुमारीलाई परिवारले बुर्तिबाङ अस्पताल पु¥याएका थिए । त्यहाँबाट मणिपाल अस्पताल पोखरा लगिएको थियो । मणिपालमा रोग पत्ता नलागेपछि भारत पन्जाबस्थित ओस्वाल अस्पतालमा पु¥याइ चेकजाँच गर्दा उनलाई रक्त क्यान्सर भएको पुष्टि भएको थियो ।

मध्यम परिवारकी केसीको रोग पत्ता लगाउँदा नै लाखौं खर्च भैसकेकाले अबको उपचारमा परिवारको आर्थिक अवस्थाले नधान्ने भएकाले सहयोगको अपिल गर्नुपरेको केसीका छोरा दिनेश शर्माले बताउनुभयो । ‘‘भारतमा खर्च धानिनसक्नु हुने भएकाले भरतपुर ल्याएर उपचार गराईरहेको छु’’ शर्माले भन्नुभयो,– ‘‘यहाँको समान्य खर्च चलाउन समेत कठिन भैरहेको छ ।’’ शर्माले क्यान्सर निको हुँदैन भनेर धेरैले हत्तोत्साहित बनाएको भएपनि चिकित्सकहरुले आशा देखाएकाले उपचार खर्च सहयोगका लागि अपिल गरेको बताउनुभयो ।

उहाँले सहयोगको लागि समाजसेवी तथा अभियन्तालाई आमाको जीवन रक्षा गरिदिन आग्रह समेत गर्नुभएको छ । सहयोगका लागि छोरा दिनेश शर्माको बडिगाड शाखामा रहेको प्रभु बैंकको खाता नम्बर १४२०१८२४२०६०००११ मा रकम जम्मा गरिदिन वा ९८४६८२८७५३ मा सम्पर्क गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *