बहुउद्देश्यीय सहकारी संघ बागलुङको अध्यक्षमा कुँवर

आदर्श अनलाइन, बागलुङ
बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको आठौ वार्षिक साधारणसभाबाट दुर्गा बहादुर कुँवर पुनः अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।

संघको उपाध्यक्षमा शिवकला थापा, सचिव चुडामडी आचार्य, सहसचिव हिरामणी उपाध्याय र कोषाध्यक्षमा रेशम थापा चयन हुनु भएको छ ।

सञ्चालक समितिको सदस्यहरुमा देव बहादुर खड्का, सुरेश प्रसाद श्रेष्ठ, छुम बहादुर थापा, फुल प्रसाद सापकोटा, कुल बहादुर कार्की र अमृता थापा रहनु भएको छ ।

लेखा सुपरीवेक्षण समितिको संयोजकमा हुम बहादुर थापा तथा सदस्यहरुमा पूर्ण प्रकाश शर्मा र खगी श्रीस चयन भएको निर्वाचन समितिका संयोजक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जि.सी.ले जानकारी दिनुभयो ।

No description available.

साधारणसभाको उद्घाटन निवर्तमान संघीय सांसद एवम् नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मन कुमारी केसी जिसीले गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै जिसीले सहकारीमा देखिएका समस्याहरुलाई समाधानका लागि सबै सहकारीकर्मीहरुबीच समन्वय, सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो । ू
सहकारी समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटो हो, सहकारीलाई सहकारीकै मूल्य, मान्यता र सिद्धान्तका आधारमा सञ्चालन गर्न ध्यान दिनु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, संविधानसभाका सदस्य तथा जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापाले बहुउद्देश्यीय सहकारीहरुलाई कानुनी र वित्तीय रुपमा सुरक्षित गराउनका लागि बहुउद्देश्यीय सहकारी संघले समन्वय गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित संघका उपाध्यक्ष कुसुम बुढालाई सम्मान गरिएको थियो । सम्मानित बुढाले सहकारी अभियानले आफ्नो व्यक्तित्व विकास र समन्वय सहकार्यमा सहयोग गरेको बताउनु भयो ।

साधारण सभामा संघका सहसचिव चुडामणी आचार्यले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शिवकला थापाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हुम बहादुर थापाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।

कार्यक्रम संघका अध्यक्ष दुर्गा बहादुर कुँवरको अध्यक्षता, कोषाध्यक्ष शिवकला थापाको सञ्चालन र सञ्चालक गणेश प्रसाद शर्माको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *