पुनःनिर्माण हुँदै आंगिक क्याम्पस : अब हट्नेछ कक्षाकोठाको समस्या

आदर्श अनलाइन, बागलुङ
२०१९ सालमा स्थापना भएको साविक धौलागिरी अञ्चलको एक मात्रै आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा अहिले सम्म कक्षाकोठाको अभाव छ । हाल दुई हजार १०० विद्यार्थीलाई एक साथ अध्यापन गराईराखेको क्याम्पसले नयाँ–नयाँ कार्यक्रम समेत थप्दै आएको छ ।

भुकम्पले पुराना संरचनामा विस्तारै क्षति पु¥याएकाले क्याम्पसले बारम्बार क्याम्पस पुननिर्माणका लागि गरेको माग भुकम्पको सात वर्ष पछि सुनुवाई भएको छ । अहिले क्याम्पसको पुरानो भवनमा भुकम्प प्राधिकरणले रातो स्टिकर टासेको छ ।

क्याम्पसमा अहिले समेत बिबिए र बिए कार्यक्रमका लागि कक्षाकोठाको अभाव भइरहेको क्याम्पस प्रमुख प्रध्यापक डा. राम प्रसाद उपाध्ययाले जानकारी दिनुभयो । उहाँले रु. १० करोड लागतमा पुननिर्माण प्राधिकरणले क्याम्पस परिसरमा सुविधा सम्पन्न पाँच तले भवन निर्माण गर्ने भएको छ ।

उक्त भवनमा २४ कक्षा कोठा र सभाहल, प्रशासनीक कक्ष र विभागीय कक्ष रहने उपाध्यायले जानकारी दिनुभयो ।

“पहिलेको जस्तो पढाई छैन व्यवहारिक बनाउनका लागि पढाई अनुसारको प्रयोगात्मक कक्षा समेत आवश्यक छ, विज्ञान संकाय तथा बिबिए कार्यक्रमका लागि बढी कक्षाकोठा आवश्यक छन्” प्रध्यापक डा. उपाध्यायले भन्नुभयो “बिबिए र बिएका कक्षा चलाउन अझै समस्या छ, २ वर्ष भित्र भवन पुननिर्माण सम्पन्न पछि समस्या हट्नेछ ।”

शिक्षा, मानविकी, विज्ञान र वाणिज्य संकायको अध्यापन गराउने धौलागिरी क्याम्पसले वाणिज्यसास्त्रमा बिबिए कार्यक्रम सेमिष्टर प्राणली लागू गरिरहेको छ ।

पुराना संरचना भत्काउने र नयाँ भवन निर्माण पछि क्याम्पसको ध्यान भौतिक पूर्वाधारमा नभएर शैक्षिक गुणस्तर वृद्धिमा जाने धौलागिरी बहुमुखी क्याम्पसले जानकारी दिएको छ ।
क्याम्पसको बालमन्दिर विद्यालयसंग जोडिएको झण्डै एक रोपनी जग्गामा उक्त सुविधा सम्पन्न भवन निर्माण हुनेछ ।

भवन पुननिर्माण पश्चात बिएड र बिबिए कार्यक्रमलाई बिहान पढाउन सकिने क्याम्पसले जनाएको छ । नियमित बजेट नहुँदा क्याम्पसले गुरुयोजना अनुसार भवन बनान नसकेको बताउदै क्याम्पस प्रमुख उपाध्यायले रु. १० करोडको भवन पुननिर्माण पछि कक्षाकोठाका लागि भवन निर्माण गर्न आवश्यक नपर्ने र पुराना कक्षाकोठालाई व्यवस्थित गरी प्राङ्गणको शौन्दर्य बढाइने बताउनुभयो ।

क्याम्पसले नयाँ शैक्षिक कार्यक्रमका लागि स्थानीय स्रोत जुटाउन बहुउदेश्यीय भवनहरु समेत बनाएर भाडामा लगाइराखेको बताउनुभयो । अहिले धौलागिरी क्याम्पसले ३७ कक्षालाई एकैसाथ सञ्चालन गर्दै आएको छ । धौलागिरी क्याम्पसले बिबिए कार्यक्रम तर्फ शत प्रतिशत विद्यार्थीले नतिजा दिइरहेकाले सुविधा सम्पन्न भवनले विद्यार्थीलाई अझै सहज हुँने धौलागिरी क्याम्पसका बिबिए संयोजक तथा उपप्रध्याक विप्लव शर्माले जानकारी दिनुभयो । शर्माले एकिकृत रुपमा कक्षाकोठा सञ्चालन गर्ने र भुकम्पले क्षति पु¥याएका पुराना संरचान भत्काउन सकेमा क्याम्पसको शौन्दर्यता अझै बढेर जाने बताउनुभयो ।

धौलागिरी बहुमुखी क्याम्पसले साना–साना भवन बनाउदा जग्गामात्रै बढी खर्च भएको जनगुनासोपछि क्याम्पसको निरन्तरको पहलकदमीबाट पाँच तले सुविधा सम्पनन भवन निर्माण गर्न थालिएको हो । धौलागिरी क्याम्पसमा अत्याधुकिन पुस्तकालय बजेट अभावमा अलपत्र अवस्थामा छ । तत्कालिन सांसद विकासकोषबाट निर्माण गरिएको भवन सरकारले संसद विकास कोष खारेज गरेपछि अलपत्र परेको छ ।

धौलागिरी बहुमुखी क्याम्पसले छात्रबास सञ्चालन गर्दै आएकोमा अबको शैक्षिक सत्रदेखि छात्रावासको समेत व्यवस्था गर्ने भएको छ । टाढाबाट आएका गरिब तथा जेहेन्दरा विद्यार्थीका लागि छाबावासमा प्राथमिका दिने क्याम्पसले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *