नवरत्न बहुउदेश्यीय सहकारीको १२ औं साधारणसभा

आदर्श अनलाइन, बागलुङ
नवरत्न बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको १२ औँ साधारण सभा शनिबार एक समारोहका बीच सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार बल बहादुर खड्काले गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै उहाँले सहकारी संचालनमा ईमान्दारिता र पारदर्शीता महत्वपुर्ण भएको बताउनुभयो । सहकार्यको माध्यमबाट मात्र सहकारी सघंसंस्था सफल हुने भन्दै खड्काले संस्थागत बिकासका लागि सामुहिक रुपमा अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।

सो अवसरमा संस्थाका निवर्तमान अध्यक्ष हेम बहादुर खत्रि, कृषि सहकारी संस्था सिगानाका अध्यक्ष राम बहादुर खड्का, स्वाभिमान बहुउदेश्यीय सहकारी संस्थाका सचिव लेख बहादुर खड्का,नवरत्न सहकारी संस्थाका संचालक कविराज जिसी लगायतले शुभकाममना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सचिव मेजर तेज बहादुर खत्रिले प्रस्तुत गरेको प्रगति प्रतिबेदन, कोषाध्यक्ष प्रेम बहादुर क्षेत्रीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन र लेखा समिति संयोजक हेमराज गौतमले प्रस्तुत गरेको लेखा समितिको प्रतिबेदन र शिक्षा उपसमिति संयोजक हस्त बहादुर खड्काले प्रस्तुत गरेको शिक्षा समितिको प्रतिबेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।

नवरत्न बहुउदेश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७८/७९ मा ७३ करोड, ७२ लाख, ४७ हजार ३ सय २३ रुपयाँ कारोबार गरेको कोषाध्यक्ष प्रेम बहादुर खत्रिले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख छ ।

सो अवसरमा असल ऋणी सन्ध्या भण्डारी थापा, सीता कार्की, कौशीला खड्का, कोपिला श्रिस, बचतकर्ता डिल बहादुर क्षेत्री विनु खड्का जिसी, मञ्जु खड्का प्रेम बहादुर खत्रि, मुद्धती बचत तर्फ गणेस बहादुर रायमाझी, पदम बहादुर खड्का गोविन्द भण्डारी लाई सम्मान गरिएको थियो ।

त्यसैगरी बाल बचत तर्फ रियान्स बहादुर रायमाझी, रश्मी घर्ति ग्रिस जिसी र ज्यष्ठ नागरिक तर्फ हरिलाल खत्री र डम्मर कुमारी खड्का लाई सम्मान गरिएको संस्थाले जनाएको छ । त्यस्तै उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी र शेयर बृद्धि गर्नेहरु लाई समेत सम्मान गरिएको शिक्षा उपसमितिका संयोजक हस्त बहादुर खड्का पवनले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष देब बहादुर खड्काले सबैको सामुहिक सहकार्य र सहयोग बाट मात्र सहकारीलाई उचाईमा पुर्याउन सकिएको भन्दै” आगामी दिनमा अझै गुणात्मक रुपमा अगाडी बढ्ने बताउनुभयो । सबै एकजुट भएर अगाडी बढ्न सके सहकारी मार्फत सम्मृद्धि हासिल गर्न सकिने उहाँको भनाई थियो ।

कार्यक्रम नवरत्न बहुउदेश्यीय सहकारी संस्था लि.का अध्यक्ष देब बहादुर खड्काको अध्यक्षता संचालक समिति सदस्य भुमिकला थापाको स्वागत मन्तव्य र सचिव मेजर तेज बहादुर खत्रिको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *