काठेखोला सामाजिक उद्यमी महिला सहकारीको ११ औँ वार्षिक साधारणसभा

आदर्श अनलाइन, बागलुङ
काठेखोला सामाजिक उद्यमी महिला सहकारी संस्था बागलुङको ११ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन संस्थाका जेष्ठ शेयर सदस्य पवित्रा खड्काले गर्नुभएको थियो । खड्काले सहकारीले बचतको बानी पार्न ठुलो शिक्षा दिएको बताउनुभयो । कार्यक्रममा समाजसेवी लाल बहादुर खत्री, दुर्गा बहादुर खत्री, आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक अम्बिका जि.सी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम काठेखोला सामाजिक उद्यमी महिला सहकारी संस्था बागलुङका अध्यक्ष सिता सुवेदी खत्रीको अध्यक्षता, सिता शर्माको स्वागत र सचिव सरिता अधिकारी पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.संं. २०६८ सालमा स्थापना भएको काठेखोला सामाजिक उधमी महिला सहकारी संस्था बागलुङमा हाल सम्म २०८ जना शेयर सदस्य रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *