पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई आदर्श सञ्चारमा स्वागत

आदर्श अनलाइन, बागलुङ
पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा.युवराज खतिवडालाई आदर्श सञ्चार सहकारी संस्था बागलुङमा स्वागत गरेको छ ।

नेपाल राष्ट्र वैंक पोखराका निर्देशक रामशरण खरेल सहित बागलुङ आउनुभएका खतिवडालाई आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङका संस्थापक अध्यक्ष तथा निर्वतमान सांसद मनकुमारी केसी, संस्थाका सल्लाहकार रुद्र महत, अध्यक्ष हुमा कुमारी जिसी, लेखा सुपरिवेक्षण समिति संयोजक अनन्तबहादुर खड्का, सचिव सरस्वती खड्का परियार र प्रबन्धक दिपकराज सापकोटा लगाएतको टोलीले स्वागत गरेको हो ।

पूर्व अर्थमन्त्री खतिवडाले सहकारीको मूल्य, मान्यता र आदर्शलाई आत्मसाथ गर्दै संस्थाको सेवा र क्षमता वृद्धि गर्दै लैजानु पर्ने बताउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *