सहकारीद्धारा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर सम्बन्धि शिविर सम्पन्न

आदर्श अनलाइन, पोखरा
स्थापनाको २४ वर्ष प्रवेशको अवसर पारी फेवा बचत तथा ऋण सहकारी संस्थाले महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सहकारीको प्रधान कार्यालय जिरो किमिमा सम्पन्न शिविरमा ७५ जना महिलाहरुले लाभ लिनुभएको थियो ।

सो कार्यक्रमको उद्घाटन गर्दैै पोखरा महानगरपालिका वडा नम्बर ५का अध्यक्ष विष्णु प्रसाद बरालले आफ्नो वडा भित्र रहेको सहकारी मध्ये उत्कृष्ट सहकारी रहेको वताउदै आफ्नै भवनमा सञ्चालित सहकारीले वडा नम्बर ५ भित्र रहेका महिला दिदीबहिनीहरुलाई लक्षित गरी शिविर सञ्चालनगरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

वडाअध्यक्ष बरालले आफुले २१ वर्ष पहिला फेवा सहकारीबाट कर्जा लिएर आफ्नो ब्यवशाय सञ्चालन गरेको स्मरण गर्दै बैंकिङ कारोबार संग संगै सामाजिजक उत्तरदायित्व बहन गरि विभिन्न कामहरु गर्दै आइरहेको बताउदै वडा नं ५ भित्र रहेका १० बटा सहकारी लाई समेटेर समाज र सामाजिक कार्य र वडा बिकास मा सहकारीको भुमिका बिषयमा अन्तरक्रिया गर्ने बताउनु भयो ।

शिविरमा रिजनल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. तारा गुरुङ्गले महिलाहरुको संवेदनशील अंगहरु मध्ये स्तन र पाठेघरको मुखमा हुन सक्ने क्यान्सर सम्बन्धी सम्पूर्ण महिलाहरु संवेदनशील बन्नुपर्ने वताउनुभयो । महिलाहरुले विवाह गरेको ३ वर्ष पछि स्तन र पाठेघरको मुखको चेकजांज गर्नुपर्ने र त्यसपछि हरेक ५ वर्षमा पाठेघरको चेकअप गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै पोखरा महानगर पालिका स्वास्थ्य महाशाखाका सिनियर अहेब अधिकृत हरिलाल आचार्यले सहकारी सस्थाले महिलाहरूको पाठेघरको मुखमा हुनसक्ने क्यान्सरको समयमै पहिचान गरेमा पाठेघरको समस्या केहि मात्रमा समाधान हुने र हरेक महिलाहरू ३० देखी ६० बर्ष उमेरमा चेकअप गराउनु पर्ने वताउदै यस्ता सचेतना कार्यक्रम बाट सिकेका सचेतना कार्यलाई कार्यालयबाट घर घर र टोल हुदै वडा सम्म जानकारी गराएको खण्डमा पाठेघरको मुखको क्यान्सर मा कमि आउने बताउनु भयो ।

फेवा सहकारीका प्रमुख कार्यकारी अधिकृत हरिभक्त पौडेलले सहकारीको बित्तिय कारोबार र आर्थिक गतिविधि र हालको अबस्थाका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा सस्थाका कोषाध्यक्ष शेर काजी गुरुङ्ग, भद्रकाली सेवा केन्द्र ब्यबस्थापन उप समितिका संयोजक क्या. श्याम गुरुङ्ग, सदस्य योगराज पौडेल, महेश गुरुङ्ग, रूपक गुरुङ्ग र प्रबन्धक जगन तिमल्सिना लगायतका बक्तहर ले आ आफ्नो बिचार राख्नुभएको थियो ।

सो अवसरमा पोखरा महानगरपालिकाका वडा सदस्य एवं कार्यपालिका सदस्य हरिमाया बि क, वडा सदस्यहरूमा कल्पना क्षेत्री, मणिराम बराल, गोविन्द पराजुली र रिजनल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. तारा गुरुङ्ग समेतलाई खादा, दोसल्ला र मायाको चिनो बाट सम्मान गरिएको थियो ।

स्वास्थ्य शिविरमा रिजनल अस्पताल जिरो किमि का स्त्रीरोग विशेषज्ञ डा. तारा गुरुङ्ग, मेट्रोन प्रमिला श्रेष्ठ, अयब सूर्य कुमारी घर्र्ती, पोखरा महानगर शहरी स्वास्थ्य केन्द्र वडा नं ५ का ईन्चार्ज आशिष सुवेदी, स्टाफ नर्स शान्ति पौडेल, मनिता शाही, देबी पौडेल, जया अधिकारी लगायतले सहजीकरण गरेका थिए ।

शिविरमा ६ जना महिलाहरूको पाठेघरको मुखमा केहि खराबी देखिएको हुदा उपचारमा लाग्ने खर्च सहकारीले ब्यबस्थापन गर्ने सहकारीका उपाध्यक्ष एव कार्यक्रमका संयोजक सम्मर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । सहकारीका अध्यक्ष क्या.चन्द्र प्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव दिल बहादुर भट्टराइले सञ्चालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *