नारी जागृतिको २३ औं वार्षिक साधारणसभा

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको आइतबार २३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ सम्म कुल ५ सय ५ जना शेयर सदस्य रहेको सहकारीको ९१ लाख ६२ हजार तीनसय रुपैयाँ शेयर पुँजी रहेको छ ।

सहकारीले आफ्नो जगेडा कोषतर्फ पाँचलाख ५९ हजार आठसय ३९ रुपैयाँ, अन्य कोष एकलाख १९ हजार सातसय ९६, बचततर्फ एक करोड ४५ लाख ८९ हजार छ सय १७, ऋण लगानी एक करोड ७४ लाख ८३ हजार छ सय ८७, शेयर राहत (बचत) कोष ६७ हजार पाँचसय ८४ र तरलता २८ लाख ६२ हजार चारसय ८९ रुपैयाँ रहेको जनाएको छ ।

संस्थाका अध्यक्ष चिना बानियाँले संस्थागत, सचिव दुर्गा केसीले प्रगति र कोषाध्यक्ष कमला अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीले दैनिक बचततर्फ ओसिन श्रेष्ठ, मासिक बचतमा धनकुमारी शेरचन र मना गिरी, आवधिक बचततर्फ चन्द्रकुमारी खत्री, रामकुमारी गौचन, उत्कृष्ट कारोबारकर्ता देवी सार्की र लगानीतर्फ उमादेवी पुनलाई सम्मानसमेत गरेको थियो ।

बेनी नगरपालिकाकी उपप्रमुख ज्योती लामिछानेले संस्थाको साधारणसभाको उद्घाटन गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै उपप्रमुख लामिछानेले सहकारी संस्थामार्फत ठूलो मात्रामा लगानी गरेर उत्पादन र निर्माण गर्न नसके पनि महिलाहरुको सशक्तिकरण भएको बताउनुभयो । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले सहकारी संस्थाले समुदायस्तरमा छरिएर रहेका पुँजीहरुलाई एकीकृत गरेर ठूलो मात्रामा लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सहकारीका पूर्व अध्यक्ष देवी केसी र सल्लाहकार जमुना आचार्यले मन्तव्य व्यक्त गरेको साधारणसभाको उद्घाटनसत्र अध्यक्ष चिना बानियाँको अध्यक्षता, उपाध्यक्ष दिलमाया बिटालुको स्वागत र सचिव दुर्गा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *