तेक्वान्दो संघद्वारा पूर्व प्रशिक्षकलाई सम्मान

अनिष खाती, बागलुङ

बागलुङ तेक्वान्दो संघले पूर्व प्रशिक्षकलाई सम्मान गरेको छ ।

हाल रोजगारीको लागि जापन रहेका पूर्व खेलाडी तथा प्रशिक्षक सिद्धार्थ श्रेष्ठालाई जिल्लामा रहँदा खेल क्षेत्रमा पु¥याएको योगदानको स्मरणमा सम्मान तथा स्वागत गरिएको हो ।

सम्मान ग्रहण पछि पूर्व प्रशिक्षक समेत रहेका श्रेष्ठले आफु जहाँ रहे पनि आफ्नो देश, खेल क्षेत्र र जिल्लालाई सधै माया गरेको बताउनुभएको थियो । एनआरएनए जापानका महासचिव समेत रहेका श्रेष्ठले तेक्वान्दो खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेल खेलाउन आफुले सक्दो पहल गर्ने बताउनुभयो । उहाँले आगामी वर्ष बागलुङमा राष्ट्रिय खेल आयोजना गर्न पहल गर्ने बताउनुभयो ।

सम्मान कार्यक्रम तेक्वान्दो संघ बागलुङका अध्यक्ष कर्ण बोहराको अध्यक्ष प्रशिक्षक पर्शुनारायण बोहराको स्वागत तथा सचिव नन्दु विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *