लोकदीप बचत तथा ऋण सहकारीको चार वर्षे रणनीतिक योजना तयार

आदर्श अनलाइन, म्याग्दी

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदीप बचत तथा तथा ऋण सहकारी संस्था लिमिटेडले चावर्षे रणनीतिक योजना तयार गरेको छ ।

म्याग्दी जिल्लाको प्रशिद्ध पर्यटकीयस्थल टोड्केमा शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठीले आगामी ४ वर्षको लागि लक्ष्य, रणनीति, बजेट र योजना निर्माण गरेको हो ।

आगामी चार वर्षमा संस्थालाई कुन स्थानमा पु¥याउने र के–कस्ता काम गर्ने भन्ने विषयमा राष्ट्रिय सहकारी बैंकका तालिम शाखाका प्रशिक्षक नवकुमार अधिकारीले सहजीकरण गर्नुभएको थियो । गोष्ठीमा संस्थालाई आवश्यक पर्ने थप नयाँ कार्यविधि, नियमावली तथा शेयर सदस्य अनुकुलका योजना, संस्थाको सदस्यता विस्तार, शेयर वृद्धि, बचत वृद्धि, सदस्यहरुमा सहकारी तालिम र सहकारी शिक्षालगायत विविध विषयमा केन्द्रीत भएर रणनीतिक योजना बनाइएको सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताउनुभयो ।

संस्थाले आधुनिक प्रविधिको प्रयोगलाई जोड दिँदै मोबाइल बैङ्किङ तथा क्युआर कोड सेवालाई यसै आर्थिक वर्षदेखि सुरुवात गर्ने प्रतिबद्धता जनाएको छ । गोष्ठीमा संस्थाको सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, सबै उपसमितिहरु र कर्मचारी गरी २१ जनाको सहभागिता रहेको थियो ।

राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको गोष्ठीको संस्थाका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता, उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठको स्वागत र सचिव ओमप्रसाद शर्माले सञ्चालन गरेका थिए । संस्थाले ‘सहज पहुँचसहित विश्वनीय सहकारी’ भन्ने भिजन पारित गरेको छ । सहकारीले राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)मा आबद्ध रहेर कारोबार गरिरहेको छ ।

लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी बैंकको केयर कार्यक्रममा अबद्ध भएको सहकारी भएकाले पनि संस्थामा बैंकले तालिम लगायतका बिबिध पक्षमा सहकार्य गर्ने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *