बागलुङ केन्द्रबिन्दु भएर बुधबार राति तीन वटा भूकम्प

आदर्श अनलाइन, बागलुङ
बागलुङ केन्द्रबिन्दु भएर बुधबार राति तीन वटा भूकम्प गएका छन् । बुधबार बिहानका राति १ बजेर २३ मिनेटमा बागलुङको अधिकारीचौर केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यस लगत्तै २ बजेर ७ मिनेट जाँदा खुङ्गा केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो।

सँगै बिहान ३ बजेर २८ मिनेटमा अधिकारीचौरनै केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *