गण्डकी प्रदेशका मुख्यमन्त्रीद्वारा कास्की कारागारको निरिक्षण


आदर्श अनलाइन, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कास्की कारागारको निरिक्षर गर्नुभएको छ । मुख्मयन्त्री पोखरेल तेश्रो पटक कास्की कारगार पुग्नुभएको हो । पोखरेलले राजनीतिक बन्दी भएर यसअघि दुइपटक सजाय भोग्न कारागार पुग्नुपरेको थियोभने यो पटक बन्दीको अवस्था र कारागारको निरिक्षण गर्न कारागार पुग्नुभएको हो । सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले वि.सं २०३५ सालमा १ महिना र २०३६ सालमा साढे ८ महिना कास्की कारागारमा जेल जिवन बिताएको स्मरण गनुभयो ।

‘त्यो बेला जेल जिवन बिताएको व्यक्ति प्रमुख प्रतिपक्ष दलको नेता पनि भयो र मुख्यमन्त्री पनि बन्यो, उहांले भन्नुभयो, ‘यहाँ आउने योजना बनाइरहेको भएपनि समयको समायोजन हुन सकेको थिएन । ढिलै भएपनि आज अवलोकन गर्न भनेर आएको छु ।’

पोखरेलले सरकारको नेतृत्व तहमा पुग्ने प्राय नेताहरुले जेल जिवन भोगेको बताउनुभयो । ‘अहिले सरकारको मुख्य तहमा हुने नेताहरु जेल जिवन नबिताएको सायद कमै होलान्, उहांले भन्नुभयो , ‘तर नयाँ पुस्तामा त्यो नहोला । एउटा कुरा यो सत्य के रहेछ भने हामी जेलबाट बाहिर आएपछि त्यो जिवन भुल्दा रहेछौं यो कुरा म स्वीकार्छु ।’

उहांले जेललाई सुधारगृहको रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । ‘हामीले पनि यो क्षेत्रलाई छाडेर नयाँ स्थानमा आधुनिक र सुधारगृहको रुपमा बनाउन पर्ने हो तर पनि त्यो गर्न नसकेको अवस्था छ, मुख्यमन्त्री पोखरेलले भन्नुभयोे, ‘तथापी उहाँहरु (कैदीबन्दी) लाई प्रत्यक्ष भेटौ भन्ने उद्देश्यकासाथ हामी यहाँ आएका हौं ।’

पोखरेलले विभिन्न मुद्धामा कैद सजाय भोगिरहेका कैदीबन्दीहरुलाई प्रत्यक्ष भेट गर्नुभएको थियो । उहांले वैटिङ तथा भेटघाट कक्षबाट निरिक्षण सुरु गरेर हस्तकलाको समाग्री बनाउने स्थल, सैलुन, मेस, खेलक्षेत्र तथा कैदीबन्दीको निवास लगायतका क्षेत्रमा प्रत्यक्ष अवलोकन गर्नुभएको थियो । जेलर महेन्द्र बहादुर कुँवरका अनुसार कास्की कारागारमा हाल ३६ महिला ३ जना आश्रित बालबािलका छन् भने पुरुष ‘क’ ब्लकमा ३ सय ६३ र पुरुष ‘ख’ ब्लकमा ४ सय ९ जना कैदीबन्दी रहेका छन् । मुख्यमन्त्री पोखरेलसँगै गण्डकी प्रदेशका आन्तिरक मामिलामन्त्री दोबाटे विश्वकर्मा, कास्की जिल्ला अधिकारी टेक बहादुर केसी लगायतको टोली अवलोकनमा सहभागी हुनुहुन्थ्यो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *